
काठमाडौं । ई–सेवाले मधेश प्रदेशको जनकपुरधाममा आफ्नो प्रादेशिक कार्यालय सञ्चालनमा ल्याएको छ । योसँगै सबै प्रदेशमा प्रादेशिक कार्यालय सञ्चालनमा आएको कम्पनीले जनाएको छ ।
प्रादेशिक कार्यालय जनकपुरको मिल्स एरियामा जनकपुर उपमहानगरपालिका उपमेयर किशोरी साह र ई–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले संयुक्त रूपमा उद्घाटन गरे ।
मधेश प्रदेशका ग्राहक तथा एजेन्टहरूले ई–सेवाका सम्पूर्ण सेवा तथा सुविधा प्रादेशिक कार्यालय मार्फत सहज ढंगले प्रयोग गर्न पाउने ई–सेवाले दाबी गरेको छ ।
ई–सेवाको मोबाइल एप्स डाउनलोड गर्नेको संख्या करिब ७० लाख पुगेको ई–सेवाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4