+
+

देव गुरुङको प्रश्न : एमाले पार्टी विशेषको राष्ट्रपति भन्ने हुन्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ८ गते १७:४३

८ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले राष्ट्रपति दल विशेषको नहुने बताएका छन् ।

पार्टीको पदाधिकारी बैठकमा सहभागी हुनु अगाडि केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकाहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्दा एमालेलाई राष्ट्रपति दिने भनी गरेको सहमतिबाट माओवादी केन्द्र विमुख भएको हो भन्ने पत्रकारहरुको प्रश्नमा उनी कड्किए । जवाफमा गुरुङले भने, ‘एमाले पार्टी विशेषको राष्ट्रपति भन्ने हुन्छ कतै, संविधानमा भावना छ त्यस्तो, संविधानमा त्या कुरो उल्लेख गरेको छ ?’

प्रचण्ड प्रधानमन्त्री बन्दा एमालेले राष्ट्रपति लिने विषयमा सहमति भएको हो वा होइन भन्ने विषयमा उनी मौन रहे । तर, राष्ट्रपतिमा एमालेले उठाउने उम्मेदवार मान्नैपर्ने बाध्यता नरहेको बताए । एमालेको उम्मेदवारलाई राष्ट्रपति नमान्दा धोका होला नि भन्ने जिज्ञासामा उनले थपे, ‘कसरी धोका हुन्छ ? संविधानमा दलको प्रतिनिधि राष्ट्रपति बनाउने कुरा छ ? संविधान विपरीत कुरा गर्ने ? संविधान मिच्ने खालको कुरा गर्ने ?’

राष्ट्रपतिको विषयमा छलफल गर्न माआवादी केन्द्रको पदाधिकारी बैठक सोमबार साँझ बसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?