
१३ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशनपछि नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घटाएको छ । १८ फागुनमा बसेको लघुवित्त सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई ३४.४५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियो ।
लघुवित्तले प्रस्तावित लाभांश स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पठाएकोमा ८ चैतमा नेपाल राष्ट्र बैंकले लाभांश घटाउन निर्देशन दिएपछि प्रस्तावित लाभांश घटाइएको लघुवित्तले जनाएकोछ । लघुवित्तको १२ चैतमा बसेको सञ्चालक समितिको बैंठकले यसअघि प्रस्ताव गरेको लाभांशमा संशोधन गर्दै १५ प्रतिशत मात्रै बोनस वितरण गर्ने प्रस्ताव गरेको छ ।
लघुवित्तको संशोधित लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4