
काठमाडौं । बिहीबार एकैदिन मिस नेपाल-२०२३ का महत्वपूर्ण ६ विधाको प्रतिस्पर्धा सम्पन्न भएको छ । यी सबै प्रतिस्पर्धा बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आयोजना भए, जहाँ २४ जना सेमिफाइनलिस्टलाई क्लोज-क्याम्पमा समेत राखिएको छ ।
द हिडन ट्रेजरका अनुसार मिस इन्टलेक्चुअल, मिस कन्फिडेन्ट, ब्युटी विथ अ पर्पस, फेस अफ द इयर, मिस डीचएआई र मिस फोटोजेनिक विधाका लागि प्रतिस्पर्धा भए । मिस नेपालमा महत्वपूर्ण मानिने यी विधा जित्नका लागि सुन्दरीबीच तीव्र प्रतिस्पर्धा हुने गर्छ ।
यसअघि तीन महत्वपूर्ण विधा मिस पपुलर च्वाइस, ट्यालेन्ट र फिटनेस विधाका प्रतिस्पर्धा भएका छन् । पपुलर च्वाइसको भोटिङ ग्राण्ड फिनालेसम्म कायमै रहनेछ भने यो विधामा विजयी हुने सुन्दरीले सिधै फाइनल प्रवेशको मौका पाउनेछिन् । जसले गर्दा पनि मिस पपुलर च्वाइसलाई ‘रोड टु फाइनल’ समेत भनिएको छ ।
आगामी जेठ १३ गते ललितपुरमा फिनाले आयोजना हुँदैछ । सोही फिनालेमा सबटाइटलको पनि विजेता घोषणा गर्ने तयारी छ ।
प्रतिक्रिया 4