
२३ जेठ, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० मा नेपाल सरकारले गरेको आर्थिक वृद्धिदरको अनुमानभन्दा विश्व बैंकले बढी दरको प्रक्षेपण सार्वजनिक गरेको छ । विश्व बैंकको ग्लोबल इकोनोमिक प्रस्पेक्ट्सिले यस आर्थिक वर्षका लागि ४.१ प्रतिशत आर्थिक वृद्धिदर प्राप्त हुने प्रक्षेपण सार्वजनिक छ ।
यो राष्ट्रिय तथ्यांक कार्यालयले चालू आवका लागि सार्वजनिक गरेको दरभन्दा दोब्बर हो । तथ्यांक कार्यालयले यस आवका लागि २.१६ प्रतिशतको आर्थिक वृद्धिदरको अनुमान गरेको छ ।
यसअघि गत जनवरीमा विश्व बैंकले यो वर्षका लागि ५.१ प्रतिशतको आर्थिक वृद्धिको प्रक्षेपण गरेकोमा अहिले त्यसलाई १ प्रतिशत बिन्दूले घटाएको हो ।
आगामी आवमा भने विश्वबैंकले ४.९ प्रतिशतको आर्थिक वृद्धिदरको अनुमान छ । त्यस आवमा नेपाल सरकारले भने ६ प्रतिशतको आर्थिक वृद्धिदरको अनुमान गरेको छ ।
दक्षिण एशियामा सबैभन्दा उच्च आर्थिक वृद्धि भारतको
दक्षिण एसियामा भारतको सबैभन्दा धेरै ७.२ प्रतिशतको अनुमान गरिएको छ । बंगलादेशको ५.२ प्रतिशत, भुटानको ४.५ प्रतिशत, माल्दिभ्सको ६.६ प्रतिशत र पाकिस्तानको ०.४ प्रतिशतको आर्थिक वृद्धिदरको अनुमान गरिएको छ ।
श्रीलंकाको आर्थिक वृद्धि भने –४.३ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ । विश्वको औसत आर्थिक वृद्धिदर २.१ प्रतिशत रहने अनुमान विश्व बैंकको छ ।
प्रतिक्रिया 4