+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

श्रीलंकाबाट भैरहवामा सिधा उडानका लागि होटल व्यवसायीले पहल गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असार १२ गते १८:२६

१२ असार, काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धन गर्न होटल व्यवसायीको टोली श्रीलंका प्रस्थान गरेको छ ।

कोभिड–१९ महामारीपछि श्रीलंकाका धार्मिक पर्यटक लुम्बिनी भ्रमण गर्न उत्साहित रहेको र नेपालमा भ्रमणबारे सोधपुछ बढिरहेको सन्दर्भमा सिद्धार्थनगर होटल संघको टोली श्रीलंका प्रस्थान गरेको हो ।

टोलीले श्रीलंकबाट भैरहवामा सिधा उडान गर्न पहल गर्ने होटल संघ नेपाल (हान)ले जनाएको छ ।

मंगलबार सिद्धार्थनगर होटल संघका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठको नेतृत्वमा १८ सदस्यीय होटल व्यवसायीको टोली प्याकेजसहित श्रीलंका गएको हो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारी समेत सहभागी छन् ।

२७ जुन देखि २ जुलाईसम्म श्रीलंकाको कोलम्बो र क्यान्डीमा तय गरिएको कार्यक्रममा त्यहाँका छुट्टाछुट्टै शहरका प्रतिष्ठित पर्यटन व्यवसायी, एक सयभन्दा बढी टुर अपरेटर तथा श्रीलंकाली सरकारी अधिकारी, श्रीलंकाका लागि नेपाली राजदूत र पत्रकारहरुको उपस्थितिमा लुम्बिनी महोत्सव कार्यक्रम तथा बीटूबी कार्यक्रम गरिने जनाएको छ ।

उक्त अवसरमा श्रीलंकाली सरकारी निकायसँग गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सम्पर्क बढाउनका लागि पनि विशेष पहल हुने
बताइएको छ ।

होटल संघ नेपाल र सिद्धार्थनगर होटल संघले २०२३ मा आयोजना गर्न लागेको लुम्बिनी महोत्सव कार्यक्रमलाई यस बाट थप मद्दत पुग्ने तथा सरकारबाट घोषित पर्यटन दशक २०२३ मा १० लाख पर्यटन भित्राउने लक्ष्य हासिल हुने विश्वास व्यक्त गरिएको छ ।

सरकारबाट २०२५ लाई पर्यटन वर्ष घोषणा गरेसँगै यसलाई सफल र सार्थक बनाउनका लागि होटल संघ नेपाल केन्द्र तथा क्षेत्रीय संघले अहिलेदेखि नै गृहकार्य सुरु गरेको समेत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?