
काठमाडौं । श्रीलंकामा आयोजना गरिएको ‘मिस वर्ल्ड टुरिजम २०२३’ मा नेपालकी सजिना खनालले ‘मिस एलिगेन्स’ सहविधाको उपाधि जितेकी छन् । ३५ देशका सुन्दरीको सहभागिता रहेको प्रतिस्पर्धामा उनी अन्तिम १० भित्र समेटिन सफल भएकी थिइन् ।
आफूले श्रीलंकामा भएको फिनालेमा उपाधि जितेपछि सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेकी छन् । कोलम्बोमा १२ दिनसम्म भएको प्रतिस्पर्धा यसैसाता सम्पन्न भएको थियो । सर्लाहीकी २२ वर्षीया खनाललाई उक्त प्रतियोगितामा इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्टले ‘मिस वर्ल्ड टुरिजम नेपाल’को उपाधिसहित पठाएको हो ।
श्रीलंका उड्नुअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र खानेपानीमन्त्री महिन्द्रराय यादवले उनलाई मन्त्रालयमा भेट्दै जितको शुभकामना समेत दिएका थिए । प्रतियोगितामा नेपाली पहिरन, कला संस्कृतिमार्फत आफूले नेपाल चिनाउन सफल भएको खनालले बताइन् ।
प्रतिक्रिया 4