+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

शिक्षामन्त्रीको प्रदेश सरकारसँग चासो: शिक्षालाई प्राथमिकतामा राखौँ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते १९:००

६ चैत, काठमाडौं । शिक्षा मन्त्री सुमना श्रेष्ठले सबै प्रदेशका शिक्षालाई प्राथमिकतामा राख्‍न आग्रह गरेकी छिन् । मंगलबार सबै प्रदेशका शिक्षा हेर्ने मन्त्रालयहरुसँग छलफल गर्दै शिक्षामन्त्री श्रेष्ठले यस्तो आग्रह गरेकी हुन् ।

मन्त्री श्रेष्ठले नयाँ शैक्षिक सत्रमा नयाँ भर्ना, पाठ्यपुस्तक वितरण, छात्रवृत्ति वितरण तथा संस्थागत विद्यालयको शुल्क नियमनका लागि प्रदेश सरकारको समन्वय आवश्यक रहेको बताइन् ।

उनले भनिन्, ‘अब हामी तीनै तहका सरकारले शिक्षालाई प्राथमिकतामा राखौँ। यस्ता अन्तरक्रियाहरू अझै गरौँ र सबै मिलेर शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गरौँ।’

साथै योजनाहरू नदोहोरिने गरी प्रदेश र पालिकाको सुझाव अनुसार सङ्घीय सरकारको नीति तथा कार्यक्रम आउने पनि शिक्षामन्त्री श्रेष्ठले प्रतिबद्धता जनाइन् ।

आउने बैठकमा गाउँपालिका र नगरपालिकाहरूको नेतृत्वसङ्ग बसेर शिक्षा मन्त्रालयको कार्ययोजना बनाउने तयारी गरिरहेको मन्त्री श्रेष्ठले बताइन् ।

छलफलमा कोशी प्रदेशका सामाजिक विकाश मन्त्री राजेन्द्र कार्कीले स्थानीय सरकारलाई विद्यालय शिक्षा नियमन गर्न स्रोत र क्षमताको अभाव परिपूर्ति गर्न सङ्घीय शिक्षा मन्त्रालयले एकीकृत नीति बनाउनुपर्ने बताए ।

उनले भने, ‘हामीले निःशुल्क शिक्षा भन्यौँ। लगानी पनि धेरै गर्‍यौँ तर प्रतिफल आएन। अब नयाँ मोडेलमा जानुपर्छ। प्रदेश सरकारलाई पनि शिक्षामा थप भूमिका दिनुपर्छ।’

यस्तै गण्डकी प्रदेशको सामाजिक विकाश मन्त्रालयका सचिव तोयनाथ लम्साल, लुम्बिनीका थानेश्वर ज्ञवाली, सुदूरपश्चिमका गणेश सिंह, मधेस प्रदेशका महेन्द्र महतो र कर्णालीका जवाहरलाल हमालले शिक्षा क्षेत्रमा प्रदेशलाई थप भूमिका दिनुपर्ने र सङ्घीय शिक्षा मन्त्रालयले समन्वयकारी नेतृत्व गर्नुपर्नेमा जोड दिएका थिए ।

गत चैत १ गते मन्त्रालयमा ६ वटा महानगरपालिकाका प्रमुख तथा उप-प्रमुखहरूसँग शिक्षामन्त्रीले शैक्षिक क्षेत्र सुधार र समन्वयका लागि सुझाव मागेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?