+

आईपीओ

२३ च्याप्टर
Chapter - 8

आईपीओ र एफपीओमा अन्तर

२०८० चैत  १५ गते १९:२४ २०८० चैत १५ गते १९:२४

कम्पनीले पहिलो पटक सर्वसाधारणलाई शेयर बिक्री गर्छ भने त्यसलाई प्रारम्भिक सार्वजनिक निष्काशन अर्थात् आईपीओ भनिन्छ । आईपीओ गरिसकेको कम्पनीले आफ्नो व्यवसाय विस्तारका क्रममा आवश्यक पूँजी संकलन गर्न पुनः सर्वसाधारणमा शेयर जारी गर्छ भने त्यसलाई थप शेयर निष्काशन अर्थात् फरदर पब्लिक अफरिङ (एफपीओ) भनिन्छ ।

आईपीओ र एफपीओ दुवै कम्पनीका लागि शेयर जारी गरेर पूँजी जुटाउने विधि हुन् ।

पहिलो पटक कम्पनी सार्वजनिक स्वामित्वमा जाने प्रक्रियालाई आईपीओ भनिन्छ भने संगठित संस्था पहिले नै सार्वजनिक भइसकेपछि थप शेयर जारी गर्ने प्रक्रियालाई एफपीओ भनिन्छ ।

आईपीओ सामान्यतया संगठित संस्थाहरूले वृद्धि, विस्तार वा अन्य कर्पोरेट उद्देश्यको लागि पूँजी जुटाउन प्रयोग गर्छन् भने एफपीओ कम्पनीहरूले ऋण घटाउन, अर्को कम्पनी प्राप्त गर्न वा व्यवसाय थप गर्न आवश्यक पूँजी जुटाउन निष्काशन गरिन्छ ।

आईपीओमा कम्पनीको शेयर पहिलो पटक स्टक एक्सचेन्जमा सूचीकृत हुन्छ भने एफपीओमा कम्पनीको शेयर पहिले नै दोस्रो बजारमा कारोबार भइरहेको हुन्छ ।

आईपीओमा कम्पनीले विगतमा गरेको प्रगति र प्रदान गरिरहेको प्रतिफलप्रति लगानीकर्ता र मिडियाको चासो हुन्छ । एफपीओले आईपीओ जत्तिकै ध्यान नपाउन सक्छ किनकि कम्पनीले पहिले नै शेयर जारी गरिसकेको हुन्छ । कम्पनीको अवस्था, आर्थिक विवरण, लाभांश वितरण जस्ता लगानीकर्तासँग सम्बन्धित क्रियाकलाप सार्वजनिक हुन्छन् र एफपीओ सामान्यतया आईपीओे भन्दा महँगो हुनसक्छ ।

आईपीओको लागि नियामकीय शर्तहरू सामान्यतया केही जटिल हुनसक्छन् । किनकि कम्पनी सार्वजनिक रूपमा परिचित भइसकेको हुँदैन । उसले सूचीकृत कम्पनीको रूपमा लामो यात्रा तय गर्नुपर्ने हुन्छ । आईपीओका लागि पहल गर्ने, सूचीकृत कम्पनीको मापदण्ड अनुसार वित्तीय विवरण तयार गर्ने लगायत कार्य अनिवार्य हुन्छ । एफपिओमा पनि नियामकीय शर्तहरू हुन्छन्, ती आईपीओको तुलनामा केही खुकुलो हुन्छ । किनभने एफपीओ निकाल्ने कम्पनी पहिला नै बजारमा स्थापित भइसकेको हुन्छ ।

छोटकरीमा आईपीओ भनेको केही सीमित शेयरधनीको स्वामित्वमा रहेको कम्पनी सर्वसाधारणमाझ पुर्‍याउनु हो भने एफपीओ भनेको पहिले नै सार्वजनिक भएको कम्पनीले थप शेयर जारी गर्नु हो ।

धेरै पढिएका

आईपीओ

सूचीकरण र खारेजीको नालीबेली 

आईपीओ जारी गरेका कम्पनी मात्रै धितोपत्रको दोस्रो बजार (स्टक एक्सचेन्ज) मा सूचीकृत हुनसक्छन् । यसरी सूचीकरण गर्ने सम्बन्धमा सबै प्रक्रियाहरू...

आईपीओ

आईपीओ जारी गर्नका लागि पूर्वशर्त र योग्यता के के हुन् ?

कम्पनी वा संगठित संस्थाले आफ्नो कम्पनी वा संगठित संस्थाको साधारण शेयरमा लगानी गर्ने लगानीकर्ताहरूलाई उनीहरूले चाहेको बखतमा आफ्नो शेयर बिक्री...

आईपीओ

आईपीओको मूल्य कसरी निर्धारण हुन्छ ? प्रिमियम मूल्यको आईपीओ कति जोखिमपूर्ण ?

आईपीओमा आएका शेयरको मूल्य कति हुनुपर्छ भन्ने विषयमा विभिन्न विचार पाइन्छ । यी विचारहरूलाई समेटेर मूल्यांकनका विभिन्न विधि बनेका छन्...

आईपीओ

आईपीओमा आवेदन गर्नु अगाडि ध्यान दिनुपर्ने १० कुरा

प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)मा लगानी एक अवसर हुनसक्छ । यसमा भाग लिने निर्णय गर्नुअघि केही कुराहरू विचार गर्नुपर्छ ।

आईपीओ

कम्पनीहरू किन पब्लिकमा जान्छन्, लगानीकर्तालाई के फाइदा ?

कम्पनीले व्यवसाय विस्तारका लागि पूँजी जुटाउन र तरलता हासिल गर्ने लगायत कारणले आईपीओ गर्छन् ।

आईपीओ

बुक बिल्डिङ आईपीओ भनेको के हो ? कसरी हुन्छ मूल्य तय ?

बुक बिल्डिङ विधिबाट शेयर निष्काशन गरिने विधि नेपालमा नौलो हो । यद्यपि अन्तर्राष्ट्रिय प्रचलनमा यो विधिबाटै सबैभन्दा धेरै प्रारम्भिक सार्वजनिक...

0 %

पढिसक्नुभयो !