+

आईपीओ

२३ च्याप्टर
Chapter - 23

नेपालका केही ठूला आईपीओको नालीबेली

२०८० चैत  १६ गते १९:०९ २०८० चैत १६ गते १९:०९

पछिल्लो समय नेपालमा आईपीओ निष्काशन गरेका कम्पनीहरू मध्ये संख्या र पूँजीको आधारमा ठूला रहेका दुई कम्पनी हुन् नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र नेपाल इन्फ्रास्ट्रक्चर बैंक । यी दुई कम्पनीको आईपीओमा आवेदन दिने सबै लगानीकर्ताले सेयर पाएका थिए । दोस्रो बजारमा सूचीकृत भएपछि आईपीओ पाउने लगानीकर्ताले आकर्षक मूल्यमा सेयर बिक्री गर्न पाएपछि सेयर बजारमा आमसर्वसाधारणको आकर्षण ह्वात्तै बढेको थियो ।

नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (NRIC) :

नेपाल पुनर्बीमा कम्पनीले १ अर्ब ६० करोड रुपैयाँ बराबरको आईपीओ बिक्री गर्ने उद्देश्यले नेपाल धितोपत्र बोडसँग अनुमति मागेको थियो । कम्पनीको आईपीओमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गरेको थियो ।

आईपीओ अगाडि पुनर्बीमा कम्पनीको चुक्ता पूँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको थियो भने आईपीओ बिक्रीपछि पूँजी १० अर्ब रुपैयाँ पुगेको थियो । यस आईपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले औसतभन्दा माथिल्लो आधार जनाउने ‘ग्रेड २’ रेटिङ दिएको थियो ।

नेपाल पुनर्बीमा कम्पनीले २०७६ चैत ४ गतेदेखि आईपीओ निष्काशन गरेको थियो । कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ६० लाख कित्ता आईपीओ जारी गरेको हो ।

कम्पनीले ७३ हजार ५०० कित्ता कर्मचारीहरूलाई र ५ प्रतिशतले हुन आउने ८ लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरेको थियो । बाँकी १ करोड ५१ लाख २६ हजार ५०० कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका थिए । उक्त शेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था गरिएको थियो ।

कम्पनीको आईपीओमा ४ लाख ९ हजार ७२२ जनाले ५ अर्ब ७५ करोड ४७ लाख ३५ हजार रुपैयाँ बराबरको शेयर माग गर्दै आवेदन दिएका थिए । यो कम्पनीले आह्वान गरेभन्दा ३.६८ गुणा धेरै आवेदन हो ।

यस आईपीओमा रीतपूर्वक आवेदन दिएका ३ लाख ९० हजार ६३८ जनाले शेयर पाएका थिए । जसमा १० कित्ताका लागि आवेदन दिने २७ हजार ७ सय ४८ जनाले १० कित्ता नै शेयर पाए । यसैगरी २० कित्ताका लागि आवेदन दिने १५ हजार ५९० जनाले २० कित्ता नै शेयर हात पारेका थिए ।

त्यस्तै, ३० कित्ताका लागि आवेदन दिने १ लाख २७ हजार ७२३ जनाले ३० कित्ता नै शेयर पाए भने ४० कित्ताका लागि आवेदन दिने २० हजार ९२९ जनाले ४० कित्ता नै शेयर पाएका थिए । ५० देखि १० हजार कित्तासम्मका लागि आवेदन दिने ३ लाख १३ हजार ६४८ जनाले पनि ४० कित्ता शेयर हात पारेका थिए ।

यो आईपीओमा ५० देखि १० हजार कित्तासम्मका लागि आवेदन दिने ३ लाख १३ हजार ६४८ जनामध्येबाट गोलाप्रथामार्फत ७७ हजार २४५ जनाले थप १० कित्ता शेयर पाएका थिए ।

दोस्रो बजारमा कम्पनीको शेयर कारोबार हुँदा सुरु भएको दिनमै नकारात्मक सर्किट ब्रेक लागेको थियो । सुरुवाती ४० मिनेटमा नै यस कम्पनीको शेयर मूल्य १० प्रतिशत घटेर ३८२ रुपैयाँमा कारोबार झरेको थियो भने कम्पनीको ४२४ रुपैयाँमा पहिलो कारोबार भएको थियो ।

 

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (NIFRA) :

एनआईबीएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँको ८ करोड कित्ता आईपीओ जारी गरेको थियो । प्रति कित्ता १०० रुपैयाँका दरले आईपीओ खुला भएको थियो ।

बैंकको अधिकृत पूँजी ४० अर्ब, जारी पूँजी २० अर्ब तथा चुक्ता पूँजी १२ अर्ब रुपैयाँ थियो । बैंकले २०७५ माघ २८ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तरको पूर्वाधार विकास बैंकका रूपमा काम गर्न स्वीकृति पाएर फागुन २२ गतेदेखि कारोबार सुरु गरेको हो ।

मुलुकभित्र तथा मुलुक बाहिरबाट दीर्घकालीन स्रोत संकलन गरी देशको पूर्वाधार विकासका परियोजनाहरूमा लगानी गर्ने उद्देश्यले यो बैंक स्थापना गरिएको हो । बैंकले जलविद्युत्, सौर्य ऊर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायत पूर्वाधार क्षेत्रका उपयुक्त परियोजनाहरूमा लगानी  गर्दै जाने योजना बनाएको छ ।

बैंकमा सरकारको १० प्रतिशत, बीमा कम्पनीहरूको १८.९७ प्रतिशत, वाणिज्य बैंकहरूको २०.८९ प्रतिशत, निजी तथा सूचीकृत कम्पनीहरूको ५.१५ प्रतिशत, व्यक्तिगत ४.९९ प्रतिशत तथा सर्वसाधारणको ४० प्रतिशत स्वामित्व रहेको छ ।

आईपीओमा आवेदन दिने लगानीकर्ताको संख्याले नयाँ रेकर्ड राखेको थियो । आईपीओमा उक्त समयसम्मकै उच्च १५ लाख २९ हजार ४६० जनाले १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताका लागि आवेदन दिएका थिए । कम्पनीले २०७७ माघ २ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि ७ करोड ५८ लाख ४० हजार कित्ता आईपीओ खुला गरेको थियो ।

यस आधारमा, सर्वसाधारणले मागभन्दा २.३९ गुणा बढी आवेदन दिएका थिए । सीडीएस एन्ड क्लियरिङको तथ्यांक अनुसार नेपालमा त्यतिबेला कुल डिम्याट खाताको संख्या २६ लाख १० हजार ८६२ रहेको थियो । यस हिसाबले कुल डिम्याट खातामध्ये ५८.५८ प्रतिशत आवेदन परेको थियो ।

कम्पनीले कुल ८ करोड कित्ता शेयरमध्ये ०.२० प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरूका लागि र ५ प्रतिशतले हुने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी शेयर सर्वसाधारणमा जारी गरेको थियो ।

बैंकको आईपीओमा आवेदन दिएकामध्ये ६ हजार २७६ जनाको आवेदन रद्द भएको थियो । योग्य आवेदकमध्ये १० देखि ५० कित्तासम्म माग गर्ने सबैलाई माग बमोजिम शेयर बाँडफाँट गरिएको थियो । माग अनुसार कुल १ करोड १२ लाख १९ हजार ८० कित्ता शेयर बाँडफाँट गरिएको हो । यस्तै, ६० देखि २ लाख कित्तासम्म माग गर्ने सबैलाई ५० कित्ताका दरले कुल ५ करोड ९७ लाख २०० कित्ता शेयर बाँडफाँट भएको थियो ।

यसरी बाँडफाँट गरिसकेपछि बाँकी रहन गएको ४९ लाख २० हजार ७२० कित्ता शेयर भने ६० देखि २ लाख कित्तासम्म आवेदन दिएकामध्ये ४ लाख ९२ हजार ७२ जनालाई गोलाप्रथा मार्फत १० कित्ता थप गरिएको थियो । यसरी इन्फ्रास्ट्रक्चरको आईपीओमा अधिकतम ६० कित्तासम्म शेयर हात पारेका थिए ।

प्रि–ओपन सेसनमा यसको पहिलो कारोबार प्रतिकित्ता ३४० रुपैयाँमा भएको थियो । नेप्सेले इन्फ्रास्ट्रक्चरले पहिलो कारोबारका लागि न्यूनतम ११३ रुपैयाँ ६२ पैसादेखि अधिकतम ३४० रुपैयाँ ४६ पैसासम्म रेन्ज तोकेको थियो । यस आधारमा उच्चतम रेन्जबाट कारोबार सुरु भएको देखिन्छ ।

धेरै पढिएका

आईपीओ

सूचीकरण र खारेजीको नालीबेली 

आईपीओ जारी गरेका कम्पनी मात्रै धितोपत्रको दोस्रो बजार (स्टक एक्सचेन्ज) मा सूचीकृत हुनसक्छन् । यसरी सूचीकरण गर्ने सम्बन्धमा सबै प्रक्रियाहरू...

आईपीओ

आईपीओ जारी गर्नका लागि पूर्वशर्त र योग्यता के के हुन् ?

कम्पनी वा संगठित संस्थाले आफ्नो कम्पनी वा संगठित संस्थाको साधारण शेयरमा लगानी गर्ने लगानीकर्ताहरूलाई उनीहरूले चाहेको बखतमा आफ्नो शेयर बिक्री...

आईपीओ

आईपीओमा आवेदन गर्नु अगाडि ध्यान दिनुपर्ने १० कुरा

प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ)मा लगानी एक अवसर हुनसक्छ । यसमा भाग लिने निर्णय गर्नुअघि केही कुराहरू विचार गर्नुपर्छ ।

आईपीओ

आईपीओको मूल्य कसरी निर्धारण हुन्छ ? प्रिमियम मूल्यको आईपीओ कति जोखिमपूर्ण ?

आईपीओमा आएका शेयरको मूल्य कति हुनुपर्छ भन्ने विषयमा विभिन्न विचार पाइन्छ । यी विचारहरूलाई समेटेर मूल्यांकनका विभिन्न विधि बनेका छन्...

आईपीओ

कम्पनीहरू किन पब्लिकमा जान्छन्, लगानीकर्तालाई के फाइदा ?

कम्पनीले व्यवसाय विस्तारका लागि पूँजी जुटाउन र तरलता हासिल गर्ने लगायत कारणले आईपीओ गर्छन् ।

आईपीओ

विवरणपत्र भनेको के हो ? कसरी पढ्ने ? के कुरा ख्याल गर्ने ?

प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मार्फत सार्वजनिक गर्नुअघि कम्पनीले धितोपत्र बोर्डमा बुझाउनुपर्ने महत्वपूर्ण दस्तावेज विवरणपत्र हो ।

0 %

पढिसक्नुभयो !