+
+

रेखा भन्छिन्, ‘सिनेमा खेल्न भन्दा राउटेको आमा बन्दा धेरै आनन्द'(फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७० पुष १२ गते १७:५०

उनका आँखा भरी आशु थिए । छोरा गणेश बहादुर बीकसँग हजारौ सपना बोकेर कतार पुगेका तिलक बहादुर बीकको सपना त्यती बेला अधुरो भयो जतिबेला उनको छोरा विरानो मुलुकमा ढले । छोरासँगै केही रकम कमाउँला भनेर कतार पुगेका तिलकबहादुर त्रिुभवन विमानस्थलमा पैसाको थैलो बोकेर हैन छोराको मृत शरीर बोकेर फर्किए । बाबुका सपनाहरु टुटे आमाको कोख रित्तो भयो । दाङका तिलकबहादुर माथि विदेश जाँदा लिएको ४ लाख भन्दा बढि ऋणको भारी थियो । पत्नी बसन्ती बीकसँग उनले झुप्रो बनाएर जीवन त पाल्दै आएका छन् तर साहुको ऋण र छोराको यादले सधै नै सताइरहेको छ ।rekha-thapa--with-raute-chiशुक्रबार काठमाण्डौमा आयोजना भएको एक कार्यक्रममा आफ्नो जीवन भोगाई खोल्दै गर्दा तिलकबहादुरका आँखा रसाए । बसन्ती बोल्नै सकिनन्, छोराको संझनामा उनको भक्कानो फुट्यो । गरिब बनेर जन्मनुको पिडा तिलकले पोखिरहदा सबैका गह भरिएका थिए । तिनै तिलक र बसन्तीको चर्किएको घाउमा मलम लगाउन अग्रसर भइन् नेपाली सिने नगरीकी चर्चित नायिका रेखा थापा ।rekha-hand-money

basanti-rudaiनायिका थापाले ‘रेखा थापा फाउन्डेशन’को उद्घाटनसँगै तिलकको परिवारलाई नगद ५० हजार सहयोग गरिन् । उसो त छोराको निधनले मर्माहत भएको यो परिवारका लागि ५० हजारले थुप्रै अभावहरु पूर्ती नगर्ला । तर पनि रेखा थापाको यो सहयोगले उनीहरुलाई पक्कै राहत दिएको छ ।

काठमाण्डौमा आज आयोजना गरिएको एक कार्यक्रममा ‘रेखा थापा फाउन्डेशन’को औपचारिक उद्घाटन गरिएको हो । मुनाफा रहित उद्देश्यले स्थापन गरिएको यो संस्थाले मुलत मुलुक भित्र उत्पीडित भएर विभिन्न क्षेत्र र संप्रदायमा रहेका व्यक्ति बिशेषलाई सम्बोधन गर्ने जनाइएको छ । नायिका रेखा थापाले राउटे समुदायका ४ जना बच्चाहरुलाई फाउण्डेशनको तर्फबाट पालनपोषण र शिक्षाको व्यवस्था समेत गरेकी छिन् ।rekha-thap-with-child४ जना बच्चाहरुको आमा बन्दा आफूलाई जीवनकै सबैभन्दा आनन्द महुशश भएको रेखाको तर्क छ । उनले ४ जना बच्चाहरुलाई काखमा खेलाउँदै गर्दा धेरैले उनीमा मातृत्वको भावना पलाएको भान गरेका थिए । ति बच्चाहरु कार्यक्रम स्थलमै रेखासँग खेल्थे त कहिले उनलाई जिस्काउथ्य । केही समय अघि बिबाह नगरी आमा बन्ने रेखाको तर्क आज आएर पुष्टी भएको भान भैरहेको थियो । रेखाले लक्ष्क्षु राउटे, भोटु राउटे, मनु राउटे र रुतु राउटेलाई पालनपोषणको जिम्मा लिएकी हुन् ।

कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष बिदुर गिरी, चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले शुभकामना दिएका थिए । कार्यक्रममा रेखाले राउटे बस्तीमा पुगेर ४ जना बच्चाहरुलाई काठमाण्डौ ल्याउँदा सम्म गरेका हरेक क्रियाकलापको दृश्य समेत प्रस्तुत गरिएको थियो ।rekha-thapa-foundationरेखा थापा फाउण्डेशनले बालबालिकाहरुको चारित्रिक विकासमा परिवर्तन ल्याई इमान्दार प्रतिभावान विद्यार्थी तयार पार्ने, सम्बन्धित निकायको स्विकृती लिई सामुदायिक अस्पताल, स्कुल तथा क्याम्पस संचलान गर्ने, अनाथालय तथा बृद्धा आश्रम संचालन गर्ने, अति पिछडिएका महिला, अनाथ बालबालिका, असहाय बृद्ध बृद्धाको सेवा र हितको लागि आवश्यक कार्य गर्ने गराउनेको साथै विगतको जनयुद्धबाट पिडितहरुलाई समेत बिशेष सहायता र सहयोग गर्ने उद्देश्य लिएको छ । नायिका थापाले जसरी सिनेमाको पर्दामा खेल्ने एक हिरोइनलाई सबैले सहयोग गर्नुभयो त्यसरी नै सामाजिक सेवामा लागेकी एक चेलीलाई पनि सहयोग गर्न आग्रह गरेकी छिन् ।rekha-thap-with-raute

तस्बिर : अजय महर्जन

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?