 
																			३ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारका सचिवहरुलाई देशको परस्थिति र आवश्यकताको बोध गर्दै आफ्ना काममा केन्द्रित हुन निर्देशन दिएका छन् । बिहीबार सिंहदरबारमा बधाई ग्रहण गर्दै ओलीले सचिवहरुलाई एक दिन पनि आराम नगरी काम गर्नुपर्ने अवस्था रहेको सम्झाए ।
‘एक दिनमा एक पाइला भएपनि अघि सारौं, त्यसका लागि एक दिन पनि आराम नगरी काम गर्नुपर्नेछ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक सचिवले भने,‘हामी छिट्टै अतिकम विकसितबाट विकासील राष्ट्रमा स्तरोन्नति हुँदैछौं, त्यसलाई मध्यनजर गरेर सार्वजनिक सेवा प्रवाह, सार्वजनिक प्रशासन, राष्ट्रिय उत्पादन, उत्पादकत्व, विकास, सुशासन, सामाजिक न्याय र जनविश्वासमा सुधारका काम गर्नुस् ।’
सरकारलाई सफल बनाउने जिम्मेवारी कर्मचारीको पनि हुने भन्दै प्रधानमन्त्रीले बजेट पुगेन भनिरहने र विनियोजित बजेट पनि खर्च नहुने अवस्था हटाउने गरी काम गर्न निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले असल नियतका साथ निर्णय गर्न नडराउन आग्रह गर्दै कर्मचारीलाई दुःख दिने नियतका साथ अनुगमनकारी निकायले पनि गतिविधि गर्न नहुने बताए ।
‘अदादतले फैसला गरिहाल्छ भन्ने ढंगबाट भ्रष्टाचार मुद्दामा कमजोर र जथाभावी अभियोजन हुनुहुँदैन,’ प्रधामनन्त्रीको भनाइ उद्धृत गर्दै ती सचिचवले भने,‘दुःख दिने नियत कसैले कतै राख्न हुँदैन ।’
उनले उच्च नैतिक चरित्रका साथ राम्रो कार्यसम्पादन गर्न र राष्ट्रिय हितलाई महत्वका साथ राखेर काम गर्न सचिवहरुलाई भनेका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4