
८ साउन, काठमाडौं । नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले पुरुष निर्णय गर्ने ठाउँमा हाबी हुँदा महिलाहरूले कार्यकारी भूमिका पाउन नसकेको टिप्पणी गरेकी छन् ।
मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘…३३ प्रतिशत महिना मन्त्रिपरिषद्मा कहिल्यै देख्न नपाइने भयो । सायद पुरुषहरू नै प्रमुखमा भएर होला । महिलाहरू मन्त्रीमा सिफारिस भएनन्,’ उनले भनिन् ।
आफैँलाई एक उदाहरणको पात्रको रुपमा प्रस्तुत गर्दै उनले भनिन्, ‘म कानुनमा स्नातक गरेको, समाजशास्त्रमा स्नातकोत्तर गरेको छु । तर कहिल्यै योग्य हुन सकिन ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4