+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रधानमन्त्रीले भने : धरहरा पालिका विशेषको होइन, अब खुलाउनुपर्छ

अनलाइनखबर अनलाइनखबर
२०८१ साउन १५ गते १६:५७

१५ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा र त्यसको पार्किङ कुनै पालिका (स्थानीय तह) विशेषको नभएको बताएका छन् ।

काठमाडौं महानगरपालिकाले आफ्नो हक लाग्ने दाबी गर्दै आएको धरहरा र त्यसको मुनि बनेको भूमिगत पार्किङ क्षेत्रलाई प्रधानमन्त्रीले संघीय सरकार मातहत नै सञ्चालन गर्ने गरी तयारी गर्न निर्देशन दिएका छन् ।

सोमबार मन्त्री र सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले तयार हुन नपाउँदै धरहराको पार्किङ महानगरपालिकाले खुला गरेकामा असन्तुष्टि जनाए । ओलीले निर्माणाधीन अवस्थामा नै २२ तले मूल टावर बनिसकेको भन्दै ११ वैशाख २०७८ मा धरहराको उद्घाटन गरेका थिए ।

‘अब त्यसलाई सञ्चालन गरिहाल्ने, त्यसलाई कसरी आम्दानीको स्रोत बनाउनुपर्छ, मनोरञ्जन पनि हुन्छ’, उनले भने, ‘कुन मन्त्रालयले कहाँबाट सञ्चालन गर्ने हो, त्यसको छुट्टै कार्यविधि बनाएर यस्ता कुरा सञ्चालन गर्ने हो ।’

आफ्नै पहलमा ‘मै बनाउँछु मेरो धरहारा’ अभियान सुरु गरेर ३६ करोड रुपैयाँ संकलन गरिएको भन्दै प्रधानमन्त्री ओलीले त्यसमा मकै पोलेको पैसा र साग बेचेको पैसा पनि रहेको बताए ।

‘त्यसलाई व्यवस्थित ढंगले सञ्चालन गरौं, त्यहाँ लिफ्ट किन खिया लागेर बस्न दिने ?’, उनले भने, ‘युवाहरुलाई ताकत परीक्षण गर्न भर्‍याङ पनि छ । धहरहराबाट काठमाडौं कम्ता मनमोहक देखिंदैन, किन सञ्चालन नगर्ने ? ’

हाल पुनर्निर्मित धरहरा क्षेत्रको अधिग्रहणसहित सञ्चालन र भूमिगत पार्किङको परिकल्पना आफ्नै भएको दाबी गर्दै प्रधानमन्त्री ओलीले धरहरा चढ्न सरकारले खुला गरिहाल्नुपर्ने बताए ।

कमलादीमा युवा व्यवसायीले बनाएको ‘स्काइ वाक टावर’ले वर्षमा २२ करोड कमाएको दाबी गर्दै उनले धरहरा पनि सरकारका लागि आयस्रोत हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?