 
																			२४ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) समान कायम राख्न सरकारले सूचित गरेको छ ।
पानी उत्पादक कम्पनीहरूले उही प्रकारका गुणस्तर, नापतौल र परिमाणको पानीमा फरक–फरक एमआरपी लगाई बिक्री–वितरण भएको जानकारी आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ ।
खासगरी होटल/रेस्टुरेन्ट र व्यवसायी फर्मसँग सम्झौता गरी पानी उत्पादक कम्पनीहरूले अधिक मूल्यको एमआरपी राख्ने गरेका छन् ।
विभागका अनुसार काठमाडौं उपत्यकामा बिक्री हुने जार (२० लिटर) को मूल्य प्रतिगोटा अधिकतम ४७ रुपैयाँ तोकिएको छ । एक लिटरको बोतल पानीको मूल्य १६ रुपैयाँ तोकिएको छ ।
यी मूल्यभन्दा फरक पर्ने गरी होटल/रेस्टुरेन्टसँग सम्झौता गरी बढी मूल्यको एमआरपी राखेको भन्दै विभागले पानी उत्पादक कम्पनीहरूलाई सचेत गराएको हो । एमआरपीको नियम पालना नगरे कानुन अनुसार कारबाही गर्ने चेतावनी विभागले दिएको छ ।
हेर्नुहोस् सूचना :

 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4