+
+
WC Series
लुम्बिनी लायन्स 2025
86/4 (12.2)
VS
४६ बलमा ४७ रन आवश्यक
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

यूवतीले सेक्स प्रस्ताव राखेको प्रियंकाको खुलासा

अनलाइनखबर अनलाइनखबर
२०७० पुष २४ गते १०:४०

priyanka-deepika-andkaran

लेस्वियन सम्बन्धमा कुनै रुचि छ या छैन भनी गरिएको एक प्रश्नमा बलिउड सुन्दर नायिकाले यस्तो खुलासा गरेकी हुन् । चर्चित निर्देशक तथा निर्माता करण जोहरको ‘कफि विथ करण’ शोमा कुरा गर्दै प्रियंका चोपडाले एक यूवतीले आफूलाई यस्तो सम्बन्धका लागि प्रस्ताव राखेको बताइन् ।

उनले यो कार्यक्रममा आफूलाई प्रस्ताव राख्ने यूवतीको बारेमा पनि धेरै कुरा गरेकी थिइन् । तर उक्त यूवती प्रियंका र करणको नजिकको साथी भएकाले पनि उनको नाम प्रशारण नगरिएको वुझिएको छ । ३ बर्ष अघि उक्त यूवतीले प्रियंकालाई यस्तो प्रस्ताव राखेकी थिइन् । तर प्रियंकाले आफुलाई यूवकमा बढि आकर्षण भएको भन्दै यूवतीको प्रस्ताव नकारेको बताएकी छिन् । उनले साहिद कपुरसँगको आफ्नो प्रेम सम्बन्धलाई स्विकार पनि गरेकी छिन् ।

रणवीर कपुरसँग थियो, रणवीर सिंहसँग छैन : दीपिका

यस्तै कार्यक्रममा कुरा गर्दै नायिका दीपिका पादुकोणले आफ्नो प्रेम सम्बन्ध रणवीर कपुरसँग रहेको बताएकी छिन् । कपुरसँग नजिक हुँदा आफूलाई वास्तविक प्रेमको महशुश भएको दीपिकाको भनाई छ । तर नायक रणवीर सिंहसँग भने आफ्नो कुनै सम्बन्ध नभएको दीपिकाको तर्क छ । उनले आफूलाई बलिउडमा थुप्रै नायकहरुले प्रेम प्रस्ताव राखेको पनि खुलाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?