+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
७२ बलमा ४१ रन आवश्यक
विराटनगर किंग्स 2025
107/1 (7.6)
Shares

नेपालले विश्व बैंकबाट ३८ अर्ब बढी ऋण लिने

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ४ गते १५:३१

४ कात्तिक, काठमाडौं । नेपालले विश्व बैंकबाट ३८ अर्ब रुपैयाँभन्दा बढी ऋण लिने भएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि प्रस्ताव गरिएको १३ करोड ५० लाख डलर (झन्डै १८ अर्ब ९ करोड) रुपैयाँ ऋण सहायता स्वीकार गर्ने सम्बन्धमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।

अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा उक्त वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ ।

साथै, विश्व बैंकबाटै नेपाल प्रकोप प्रतिरोधी विकास नीति अन्तर्गत प्राप्त हुने १५ करोड अमेरिकी डलर (झन्डै २० अर्ब १२ करोड रुपैयाँ बराबर) सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय समेत मन्त्रिपरिषद् बैठकले गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?