३ माघ, काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति हिरावहादुर महर्जनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन चैतभित्रमा गराउने प्रतिवद्धता जनाएका छन् । स्वतन्त्र विद्यार्थी संगठनहरुको तर्फवाट ९ बिद्यार्थी संघठनको शुक्रवार ज्ञापन पत्र बुझ्दै उपकुलपति महर्जनले आफूहरु स्ववियु निर्वाचान गराउन तयार रहेको वताएका हुन् ।
उनले स्ववियु निर्वाचन चैत महिनाभित्रैमा गराउने गरी निर्वाचनको कार्यतालिका छिट्टै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको नेविसंघ प्रवक्ता युपी लामिछानेले जानकारी दिए । ९ विद्यार्थी संगठनका नेताहरुसंगको भेटमा महर्जनले त्रिविले अघि सारेको सेमेष्टर प्रणालीको पढाई सुरु गर्नका लागि सहयोग गर्न आग्रह समेत गर्नु भएको थियो ।
महर्जनले सेमेष्टर प्रणालीको पढाईवारे कुनै शंका नगर्न विद्यार्थी नेताहरुलाई आग्रह गरेका थिए । महर्जनले सेमेष्टर प्रणालीलाई अघि वढाउन शुल्क र कोटाको विषयमा त्रिविका पदाधिकारी र विद्यार्थी नेताहरु सम्मिलित कार्यदल वनाउन सकिने वताएका थिए । भेटमा विगतमा पनि त्रिविले सेमेष्टर प्रणाली सुरु गरेर विचमा बन्द गरेकोवारे गम्भीररुपमा समीक्षा गरिनु पर्नेमा जोड दिएको लामिछानेले वताए ।
उपकुलपति महर्जनलाई सेमेष्टर प्रणालीमा शुल्क र कोटाको कारण पहुँच घट्ने हुँदा आम विद्यार्थीको पहुँचलाई यथावत राख्ने सुनिश्चित वातावरण निर्माण गर्नु पर्ने, विश्व वैँकको कुनै पनि शर्त वा दबाबमा विश्वविद्यालयलाई सेमेष्टरमा लैजान नहुने, स्ववियु निर्वाचनको मिति घोषणा गर्नु पर्ने लगायतका माग सहितको ज्ञापनपत्र बुझाइएको लामिछानेले वताए ।
उपकुलपतिलार्इ बुङाइएको ज्ञापनपत्र हेर्नुस् :

प्रतिक्रिया 4