 
																			९ मंसिर, काठमाडौं । सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिको अध्यक्षमा १० जना उम्मेदवारको दरखास्त स्वीकृत भएको छ ।
नियुक्ति सिफारिस गर्न गठित सिफारिस समितिले योग्यता पुगेका १० जना उम्मेदवारको नाम स्वीकृत गरेको हो । जसमा दीपक पाठक, चिन्तामणि बराल, केदारनाथ कोइराला, सुवोध गौतम, शालिग्राम सुवेदी, रमेशकुमार खड्का, डा. महेन्द्र विष्ट, लक्ष्मण हुमागाईं , भुवनराज भट्ट र अच्युतमकुमार पोखरेल रहेका छन् ।
पाठक प्रेस काउन्सिलका पूर्वसदस्य हुन् । डा.महेन्द्र विष्ट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन् । नेपाल टेलिभिजनको अध्यक्ष र न्युनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षको जिम्मेवारीमा रहेर समेत काम गरिसकेका छन् ।
हुमागाईं हाल विज्ञापन बोर्डका अध्यक्ष हुन् । हुमागाईं पनि नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4