१८ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले सडकमा फोहोर बाल्ने र सडक सफा नगर्नेलाई जरिवाना तिराएको छ ।
महानगरको वडा- २९ अनामनगरमा फोहोरमैला बालेको भन्दै राजकुमार राउतलाई १० हजार रुपैयाँ जरिवाना लिएको हो । राउतलाई महानगर प्रहरी बल जरिवाना गरेको हो ।

यस्तै काठमाडौ महानगरपालिका-२६ क्षेत्रको सरसफाइको ठेक्का लिई ईसीआई नेपालले सडकपेटी सफा नगरेको भन्दै महानगर प्रहरी बलले ५० हजार रुपैयाँ जरिवाना गराएको छ ।

पछिल्लो समय काठमाडौं महानगर सडकमा फोहोर फ्याँक्ने, बाल्ने र सफा नगर्नेहरूमाथि कडा अनुगमन गरी जरिवाना गराउँदै आएको छ ।
प्रतिक्रिया 4