+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
६४ बलमा ११३ रन आवश्यक
चितवन राइनोज 2025
57/4 (9.2)
Shares

देशभरका डाक्टरलाई राजीनामा दिन चिकित्सक संघको अपिल

अनलाइनखबर अनलाइनखबर
२०७० माघ ८ गते १५:५७

८ माघ, काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा १२ दिनदेखि अनशनमा रहेका प्रा डा. गोविन्द केसीले उठाएका माग पूरा गराउन नेपाल चिकित्सक संघले देशभरका चिकित्सकलाई राजीनामा दिन अपिल गरेको छ ।

त्रिवि शिक्षण अस्पताल परिसर महाराजगञ्जमा गरिएको कार्यक्रममा बोल्दै नेपाल चिकित्सक संघका अध्यक्ष अञ्जनी झाले देशभरका सबै चिकित्सकलाई विहीबारसम्ममा राजीनामा दिन अपिल गरेका हुन् ।

त्रिवि शिक्षण अस्पतालका डिन शशी शर्मालाई सो पदबाट निष्कृय पार्न मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले दिएको निर्देशन पनि २४ घण्टा पूरा भएकाले अन्तिम विकल्पका रुपमा आफूहरु राजीनामा गर्न बाध्य भएको चिकित्सकहरुले बताएका छन् ।

नेपाल चिकित्सक संघका प्रवक्ता लोचन कार्कीले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले त्रिविका डिन शशी शर्माको पद तत्काल निष्कृय गर्न निर्देशन दिएको २४ घण्टा वितिसकेकाले अब आफूहरुसाग राजीनामा बाहेक अर्को विकल्प नरहेको बताए ।

‘अब हामी अस्पतालमा बसेर विरामी जाँच्दैनौ, भोलिबाट देशभरका सबै चिकित्सकले राजीनामा दिनेछ’, प्रवक्ता कार्कीले भने, ‘अस्पताल बाहिर बसेर भए पनि मानवीयताका नाताले बिरामीको उपचार जारी राख्छौं ।’

नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष किरणप्रसाद श्रेष्ठले २४ घण्टाभित्र माग पूरा गर्न दिएको अल्टिमेट बुधबार ४ बजे पूरा भएकाले अब राजीनामाको एकमात्र विकल्प रहेको बताए । ‘अब हामीसँग अन्य कुनै विकल्प छैन, त्यसैले चिकित्सक संघले देशभरका चिकित्सकहरुलाई राजीनामा दिन अपिल गरेको हो ।’ श्रेष्ठले भने

त्रिवि शिक्षण अस्पतालका डिन शशी शर्मालाई सो पदबाट निष्कृय पार्न मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले दिएको निर्देशन पनि २४ घण्टा पूरा भएकाले अन्तिम विकल्पका रुपमा आफूहरु राजीनामा गर्न बाध्य भएको चिकित्सकहरुले बताएका छन् ।

त्रिवि कार्यकारी परिषद्ले आफूलाई डिनमा नियुक्त गरेको जनाउँदै शशी शर्माले भने राजीनामा नदिने अडान राखेका छन्  । त्रिवि कार्यकारी परिषद्ले पनि मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीको निर्देशनको २४ घण्टा बितिसक्दा पनि कुनै निर्णय लिएको छैन ।

यी समाचार पनि पढ्नोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?