+
+

मेरो माइक्रोफाइनान्स लघुवित्तले ७.८९ प्रतिशत लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ८ गते १४:५७

८ पुस, काठमाडौं । मरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ७.८९ प्रतिशत लाभांश घोषणा गरेको छ ।

लघुवित्त सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीलाई चुक्ता पूँजीको ७.५ प्रतिशतका दरले हुन आउने ९ करोड ९० लाख बराबर बोनस सयेर र यसको कर प्रयोजनका लागि चुक्ता पूँजीको ०.३९ प्रतिशतले हुन आउने ५२ लाख १० हजार ५ सय २६ रुपैयाँ वितरण गर्ने निर्णय गरेको हो ।

त्यसैगरी बोनस सेयरको कर प्रयोजनार्थ चुक्ता पूँजीको ०.७३६८ प्रतिशतले हुन आउने ९९ लाख २९ हजार ८७ रुपैयाँ बराबर नगद लाभांश दिने निर्णय पनि गरेको छ ।

त्यस्तै सञ्चालक समितिले लघुवित्तको १२औं वार्षिक साधारणसभा ४ माघमा गर्ने र १९ पुस एकदिन सेयर दर्ता किताब बन्द गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?