+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

हवाई उडान अनुमति दिने-नदिने विषय स्थानीय तह वा निकुञ्जको होइन : महानिर्देशक

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १६ गते १७:३२

१६ पुस, काठमाडौं । मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले स्थानीय तह र राष्ट्रिय निकुञ्जहरूले हेलिकप्टर उडानमा रोक लगाउन नपाउने बताएका छन् ।

मंगलबार प्राधिकरणको २६औं वार्षिकोत्सवमा उठेका प्रश्नको जवाफ दिँदै महानिर्देशक अधिकारीले यस्तो बताएका हुन् ।

गत मंसिरमा सगरमाथा राष्ट्रिय निकुञ्जले निकुञ्ज क्षेत्रमा हेलिकप्टर उडान तथा अवतरणका कारण निकुञ्जको वन, वातावरण तथा वन्यजन्तुको सुरक्षा तथा वासस्थान संरक्षणमा थप चुनौती थपिएको भन्दै व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाउने निर्णय गरेको थियो ।

यसमा खुम्बु पासाङल्हामु गाउँपालिकाले समेत साथ दिएको छ । यस सम्बन्धमा महानिर्देशक अधिकारीले नेपालमा हवाई उडानको अनुमति दिने वा नदिने विषय नागरिक उड्डयन प्राधिकरणको अधिकार क्षेत्र रहेको बताए ।

नियम विपरीत र कार्य क्षेत्र विपरीत काम भए नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन २०५३ र गैरसैनिक हवाई उडान ऐन, २०१५ बमोजिम कारबाही हुने उनको भनाइ छ ।

उनले हेलिकप्टर उडानबारे गम्भीर कुरा उठेको समेत बताए । नियमन गर्ने, मिलाउनुपर्ने कुरा भए बसेर, सल्लाह गरेर मिलाउन सकिने भन्दै उनले सिधै सबै उडानमा रोक लगाउन नमिल्ने बताए ।

‘काठमाडौंबाट कुनै गन्तव्यका लागि जहाज उड्यो भने तलका सबै वडा कार्यालयले मेरो माथि जहाज उडाएको पैसा लिन्छु भने जस्तै भएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?