+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

ट्रम्पले ल्याए कर्मचारी कटौती प्रस्ताव, राजीनामा दिए आठ महिनाको एकमुष्ठ तलब

राष्ट्रपति ट्रम्पले कोभिड १९ महामारीपछि धेरै वर्षसम्म घरबाट काम गर्ने सुविधा उपभोग गरिरहेका संघीय कर्मचारीहरूलाई लक्षित गर्दै कर्मचारी कटौतीको प्रस्ताव ल्याएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १६ गते १५:५१

१६ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय कर्मचारीको कटौतीलाई प्राथमिकतामा राख्दै नयाँ प्रस्ताव ल्याएको छ । ट्रम्प प्रशासनले लाखौं संघीय कर्मचारीलाई राजीनामा दिन आठ महिनाको तलब प्रस्ताव गरेको छ ।

कोभिड १९ महामारीपछि धेरै वर्षसम्म घरबाट काम गर्ने सुविधा उपभोग गरिरहेका सबै संघीय कर्मचारीहरूलाई पूर्णकालीन रूपमा कार्यालयमा फर्कने विकल्पका रूपमा ट्रम्पको आदेश आएको हो ।

राष्ट्रपति ट्रम्पले कार्यालय फर्कन नचाहने लगभग सबै संघीय कामदारहरूलाई लक्षित गर्दै सो प्याकेजमार्फत् बहिर्गमनको प्रस्ताव गरेका हुन् ।

मंगलबार करिब एकै समयमा लाखौं कर्मचारीहरूलाई इमेल सन्देश पठाउँदै ट्रम्प प्रशासनले कामदारहरूलाई फेब्रुअरी ६ सम्ममा निर्णय लिन भनेको छ ।

यदि, उनीहरूले त्यो मितिसम्म आफ्नो जागिर छोड्न राजी भए,’ सन्देशमा भनिएको छ, ‘उनीहरूले विच्छेद प्याकेजको रूपमा करिब आठ महिनाको तलब पाउनेछन् ।’

बीबीसीको अमेरिकी साझेदार सीबीएस न्यूजका अनुसार ट्रम्प प्रशासनले १०% कर्मचारीहरूले प्रस्ताव स्वीकार गर्ने वा संघीय सरकारले काम गर्ने २० लाखभन्दा बढी कामदारहरूमध्ये करिब दुई लाखले स्वीकार गर्ने अपेक्षा गरेको छ ।

ट्रम्पका वरिष्ठ अधिकारीहरूले अमेरिकी सञ्चारमाध्यमलाई उक्त खरिदले सरकारलाई एक सय अर्ब डलर (८० अर्ब पाउण्ड)सम्म बचाउन सक्ने बताए ।

अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पका सल्लाहकार अर्बपति व्यापारी एलन मस्कले सामाजिक सञ्जाल ‘एक्स’ ऐतिहासिक ‘विकल्प’ का रूपमा प्रशंसा गरेको यो प्रस्ताव सबै २० लाख सङ्घीय कर्मचारीलाई पठाइएको छ । २० जनवरीमा ट्रम्पले पदभार ग्रहण गरेयता संघीय खर्च कटौतीविरुद्ध यो अहिलेसम्मकै ठूलो कदम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?