+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

वर्षमानको आरोप – सरकार स्वेच्छाचारी ढंगले शासन गर्दै छ

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १७ गते ११:२९

१७ माघ, पाल्पा । नेकपा(माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सरकारले प्रतिशोधको भावनाले काम गरिरहेको बताएका छन् । सरकारले स्वेच्छाचारी ढंगले शासन गर्ने प्रयास गरेको उनको आरोप छ ।

बिहीबार प्रेस सेन्टर पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव पुनले दुई तिहाइ मत रहेको दाबी गर्ने सरकारले सदनबाट पास गरेर लानुपर्ने विषयलाई अध्यादेशमार्फत शासन चलाउन खोज्नु गलत भएको बताए ।

विनाकारण संसद् छलेर अध्यादेश ल्याउनु संविधानविपरीत रहेको उनको दाबी छ । संसदको अवहेलना गर्दै अध्यादेश जारी गरेर देश चलाउन खोजिएको बताउँदै उनले सरकारले स्वेच्छाचारी ढङ्गले शासन गर्न खोजेको बताए ।

‘अध्यादेश जरुरी पर्छ, संविधानले पनि व्यवस्था गरेको छ,’ उनले भने, ‘अति जरुरी भए मात्र अध्यादेश ल्याउनु उचित भए पनि सामान्य विषयवस्तुलाई अध्यादेश जारी गर्नु गलत हो ।’

पूर्वअर्थमन्त्रीसमेत रहेको पुनले देशमा अर्थतन्त्रको सुधारको पहल हुन नसक्दा समस्या देखा परेको उल्लेख गरे ।

प्रचण्ड नेतृत्वको सरकारले १८ महिनामा गरेको कामलाई निरनतन्ता नदिएर सरकार अर्को बाटोमा लाग्दा ६ महिनाको अवधिमा पनि केही काम गर्न नसकेको आरोप उनले लगाए ।

उनले माओवादी केन्द्रले सदन र सडकमा शसक्त ढंगले प्रतिपक्षको भूमिका उठाउने बताउँदै अब आफूहरु सरकारमा नगएर जनतामा जाने र आगामी निर्वाचनमा एक्लै चुनाव गर्ने उल्लखे गरे ।

उनले समाजवादी मोर्चालाई अघि बढाएर एकतासम्म लैजाने पनि बताए । उनले अहिलेको निर्वाचन प्रणालीले एकल बहुमत ल्याउन नसक्ने अवस्थामा गठबन्धन गर्नु स्वभाविक भएपनि निर्वाचका बेला गठबन्धन नगर्ने दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?