+
+
Shares

०६४ को बहुमत सदुपयोग गर्न सकेनौं : वर्षमान पुन

नेकपाका उपाध्यक्ष तथा सांसद वर्षमान पुनले ०६४ सालको निर्वाचनमा आफ्नो पार्टीले पाएको मतलाई सदुपयोग गर्न नसकेको स्वीकार गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते १६:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपाका उपाध्यक्ष वर्षमान पुनले ०६४ सालको निर्वाचनमा पार्टीले पाएको मत सदुपयोग गर्न नसकेको स्वीकार गर्नुभयो।
  • पुनले ०६४ सालको चुनावमा तत्कालीन नेकपा माओवादीले ठूलो विजय हासिल गरेको र ०७४ सालमा दुई दल मिलेर प्रतिस्पर्धा गरेको बताउनुभयो।
  • उनले पार्टी एकता सदुपयोग गर्न नसकेको स्वीकार्दै रास्वपालाई शिक्षाको रुपमा लिएर देशलाई अघि लैजान नेकपाले सहयोग गर्ने बताउनुभयो।

१९ चैत, काठमाडौं । नेकपाका उपाध्यक्ष तथा सांसद वर्षमान पुनले ०६४ सालको निर्वाचनमा आफ्नो पार्टीले पाएको मतलाई सदुपयोग गर्न नसकेको स्वीकार गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै पुनले तत्कालीन माओवादीले पाएको बहुमतलाई सदुपयोग गर्न नसकेको बताएका हुन् ।

‘०६४ सालको चुनावमा तत्कालीन नेकपा माओवादीले झन्डैझन्डै यस्तै खालको विजय हासिल गरेको थियो । ०७४ सालमा हामी दुई दल मिलेर प्रतिस्पर्धा गर्‍यौँ,’ उनले भने, ‘पछिचाहिँ हामीले पार्टी एकता गर्‍यौँ । त्यसलाई सदुपयोग गर्न सकेनौँ जानेनौँ ।’

उनले रास्वपालाई शिक्षाको रुपमा लिएर पार्टी र देशलाई अघि लैजान आग्रह गरे । यसका लागि नेकपाले सहयोग गर्ने पनि उनको भनाइ छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?