+
+

एकीकृत समाजवादीले तोक्यो ३३ विभागका प्रमुख र उपप्रमुख, कुन विभागमा को ?

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २३ गते ११:००

२३ माघ, काठमाडौं । नेकपा एकीकृत (एकीकतृ समाजवादी) ले केन्द्रीय विभागका प्रमुख तथा उपप्रमुखहरू तोकेको छ ।

पार्टीले जारी गरेको अपानी ४ मार्फत ३३ वटा केन्द्रीय विभागका प्रमुख र उप्रमुख तोकेको हो । जसमा पार्टी स्कुल विभाग प्रमुखको जिम्मेवारी सम्मानित नेता झलनाथ खनालले पाएका छन् भने उपप्रमुखको जिम्मेवारी नेताद्धय डा. बेदुराम भुसाल र डा. विजय पौडेलले पाएका छन् ।

यस्तै सङगठन विभाग प्रमुखको जिम्मेवारी डा. बेदुराम भुसालले पाएका छन् । यो विभागके उपप्रमुखमा रामचन्द्र यादव रहेका छन् ।

विदेश विभागको प्रमुखमा प्रमेश हमाल, राजकीय मामिला विभाग प्रमुखमा घनेन्द्र बस्नेत, उपप्रमुखमा प्रमोद शर्मा, प्रचार विभाग प्रमुखमा उपाध्यक्ष प्रकाश ज्वाला, उपप्रमुखमा दामोदर अर्याल र चमिना भट्टराई रहेका छन् ।

सङघीय तथा प्रादेशिक मामिला प्रमुखमा उपाध्यक्ष जगन्नाथ खतिवडा, अनुगमन तथा मूल्याङकन विभाग प्रमुखमा महासचिव घनश्याम भुसाल, उपप्रमुखमा अशेष घिमिरे, संसदीय विभाग प्रमुखमा गरिमा शाह, शिक्षा विभाग प्रमुखमा पार्टी सचिव सावित्रा भुसाल, उपप्रमुखमा उदयबहादुर बोहरा, आर्थिक विभाग प्रमुखमा पार्टी सचिव सोम पाण्डे, सहकारी विभाग प्रमुखमा केशवलाल श्रेष्ठ र उपप्रमुखमा निर्मल सुवेदी र नवराज सुवेदीलाई जिम्मेवारी तोकिएको छ ।

कुन विभागमा को ?

  • स्कुल विभाग : प्रमुखमा झलनाथ खनाल, उपप्रमुखमा डा. बेदुराम भुसाल र डा. विजय पौडेल
  • सङगठन विभाग : प्रमुखमा डा. बेदुराम भुसाल, उपप्रमुखमा रामचन्द्र यादव
  • विदेश विभाग : प्रमुखमा प्रमेश हमाल
  • राजकीय मामिला विभाग : प्रमुखमा घनेन्द्र बस्नेत, उपप्रमुखमा प्रमोद शर्मा
  • प्रचार विभाग : प्रमुखमा प्रकाश ज्वाला, उपप्रमुखमा दामोदर अर्याल र चमिना भट्टराई
  • सङघीय तथा प्रादेशिक मामिला : प्रमुखमा जगन्नाथ खतिवडा
  • अनुगमन तथा मूल्याङकन विभाग : प्रमुखमा घनश्याम भुसाल, उपप्रमुखमा अशेष घिमिरे
  • संसदीय विभाग : प्रमुखमा गरिमा शाह
  • शिक्षा विभाग : प्रमुखमा सावित्रा भुसाल, उपप्रमुखमा उदयबहादुर बोहरा
  • आर्थिक विभाग : प्रमुखमा सोम पाण्डे
  • सहकारी विभाग : प्रमुखमा केशवलाल श्रेष्ठ र उपप्रमुखमा निर्मल सुवेदी र नवराज सुवेदी
  • अर्थ योजना विभाग : प्रखुमा डा. विजय पौडेल, उपप्रमुखमा डा.चन्द्रमणि अधिकारी,
  • पर्यटन विभाग : प्रमुखमा जीवनराम श्रेष्ठ र उपप्रमुखमा हंशबहादुर शाही
  • कृषि तथा भूमिसुधार विभाग : प्रमुखमा हरि पराजुली र उपप्रमुखमा चुनु केसी
  • भौतिक पूर्वाधार तथा यातायात विभाग : प्रमुखमा रामचन्द्र झा र उपप्रमुखमा गम्भीरलाल श्रेष्ठ
  • स्थानीय तह विभाग : प्रमुखमा कल्याणी खडका र उपप्रमुखमा मिना लामा, डा.सीता ढुङगाना
  • स्वास्थ्य विभाग : प्रमुखमा डा.वंशीधर मिश्र र उपप्रमुखमा राधा सिलवाल
  • राष्ट्रिय हित सुरक्षा विभाग : प्रमुखमा साध्यबहादुर भण्डारी
  • जलस्रोत विभाग : प्रमुखमा डा. कृष्ण पन्त
  • निर्वाचन विभाग : प्रमुखमा दिलु पन्त र उपप्रमुखमा अम्बिका थापा, भवानी खडका
  • कानुन विभाग : प्रमुखमा डा.देउमान सम्बाहाम्फे र उपप्रमुखमा कुलप्रसाद फुयाँल
  • समाज कल्याण विभाग : प्रमुखमा निरादेवी जैरु र उपप्रमुखमा मञ्जु यादव
  • विपद् व्यवस्थापन विभाग : प्रमुखमा राजेन्द्रमान श्रेष्ठ र उपप्रमुखमा भास्कर काफ्ले
  • उपभोक्ता हित विभाग : प्रमुखमा प्रा.डा.इन्दु आचार्य र उपप्रमुखमा रुकमति जागरी
  • श्रम तथा रोजगार विभाग : प्रमुखमा सुदेश पराजुली
  • विज्ञान प्रविधि विभाग : प्रमुखमा शंकर पोखरेल
  • खानेपानी तथा सरसफाइ विभाग : प्रमुखमा चीरञ्जीवी आचाय
  • खेलकुद विभाग : प्रमुखमा देवसिंह महता र उपप्रमुखमा रिता अवाल
  • शहरी विकास विभाग : प्रमुखमा कृष्णप्रसाद खनाल
  • वन वातावरण विभाग : प्रमुखमा विजय गुरुङ र उपप्रमुखमा अम्बिका थापा
  • उद्योग वाणिज्य विभाग : प्रमुखमा परमानन्द भट्ट र उपप्रमुखमा गोमा तिमिल्सिना
  • उद्यमशीलता विकास विभाग : प्रमुखमा होम बुढाथोकी
  • साहित्यसंस्कृति विभाग : प्रमुखमा रमेशरञ्जन झा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?