+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

इस्लामिक स्टेटका उच्च नेता मारिएको अमेरिकी दाबी 

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २ गते १२:३५

२ चैत, काठमाडौं । इराकका प्रधानमन्त्री मोहम्मद शिया अल-सुदानीले इराक र सिरियामा इस्लामिक स्टेट (आईएस) का वरिष्ठ नेता अब्दुल्ला मक्की मुस्लीह अल-रिफा मारिएको घोषणा गरेका छन्।

इराकी नेशनल इन्टेलिजेन्स सर्भिस र अमेरिकी नेतृत्वको गठबन्धन सेनाले संयुक्त रूपमा सञ्चालन गरेको विशेष अपरेसनमा अबू खादीजा भनेर चिनिने अल-रिफाको मृत्यु भएको दाबी गरिएको हो।

प्रधानमन्त्री सुदानीका अनुसार अबू खादीजालाई ‘इराक र विश्वकै सबैभन्दा खतरनाक आतंककारीमध्ये एक’ मानिन्थ्यो।

अमेरिकी सेनाले के भन्यो ?

अमेरिकी सेन्ट्रल कमाण्डले सामाजिक एक्समा एक भिडियो सार्वजनिक गर्दै यो आक्रमण बिहीबार इराकको पश्चिमी अल-अनबार प्रान्तमा गरिएको जानकारी दिएको छ।

सेन्ट्रल कमाण्डका अनुसार अबू खादीजा आईएसको निर्णय गर्ने सर्वोच्च निकायका प्रमुख थिए र उनी संगठनका वैश्विक अभियान, रसद आपूर्ति र योजनाका मुख्य जिम्मेवार व्यक्ति थिए।

साथै, आईएसका लागि ठूलो आर्थिक कोषको व्यवस्थापन पनि उनीबाट नै भइरहेको अमेरिकी सेनाको भनाइ छ।

ट्रम्पको प्रतिक्रिया 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस कारबाहीलाई अमेरिकी सेनाको सफलताको रूपमा चित्रित गर्दै भनेका छन्, ‘हाम्रा निडर सैनिकहरूले निरन्तर उनको पिछा गरे ।’

यस कारबाहीलाई अमेरिकी नेतृत्वको आईएसविरुद्धको दीर्घकालीन रणनीतिको निरन्तरता मानिएको छ। विगतमा पनि अमेरिकी सेनाले आईएसका शीर्ष नेताहरूलाई लक्षित गर्दै विशेष अभियान सञ्चालन गर्दै आएको छ।

यस घटनाले इराक, सिरिया र समग्र मध्यपूर्वमा आतंकवादविरुद्धको लडाइँमा नयाँ प्रभाव पार्ने सम्बद्ध पक्षको जिकिर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?