+
+
Shares

विषालु च्याउ खाँदा पाँच सिकिस्त

अनलाइनखबर अनलाइनखबर
२०७१ असार १५ गते ७:५१

१५ असार, चितवन । चितवनको विकट काउलेमा विषालु च्याउ खाँदा पाँचजना सिकिस्त बिरामी परेका छन् । काउले गाविस-३ हात्तीबाङका एकै परिवारका चारजना चेपाङ र छिमेकी एकजना मगर च्याउ खाएर बिरामी भएका हुन् । उनीहरुले हिजो बिहान जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएका थिए ।

च्याउ खाएको केही घण्टामै बिरामी परेका उनीहरुलाई साँझ मात्र भरतपुर अस्पताल ल्याइएको थियो । विषालु च्याउ खाएर बिरामी हुनेहरुमा ४० वर्षीया कल्पना चेपाङ, ४५ वर्षर्ीया सुन्तली चेपाङ, सात वर्षीया कान्छी चेपाङ, आठ वर्षीय नवीन चेपाङ र स्थानीय खुनबहादुर राना रहेको उनीहरुको उपचारमा संलग्न स्थानीय पुष्म चेपाङले जानकारी दिए ।

बिरामी परेकाहरुमध्ये कान्छीको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ । १२ जना परिवारका सबैले च्याउ खाए पनि अन्यलाई खासै असर नपरेको बताइएको छ । यो चितवनको विकट र पहाडी क्षेत्र हो । त्यहाँबाट तीन/चार घण्टामा मात्रै बिरामीलाई अस्पताल ल्याइएको थियो ।

दुई वर्षअघि चितवनको कविलास चौकीडाँडामा विषालु च्याउ खाँदा एकै परिवारका पाँचजनाको ज्यान गएको थियो भने पाँच वर्षअघि लोथरको कान्दामा विषालु च्याउले एकै परिवारका आठजनाको ज्यान जाँदा एक नाबालक टुहुरो बन्न पुगेका थिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?