+
+
Shares

दर्ता गरेको नाम काटिएको भन्दै डब्लुआरसी कलेज गेटमा नेविसंघको अनसन

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ४ गते २१:२३

४ चैत, पोखरा । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अन्तिम नामावलीमा नाम काटिएको भन्दै नेविसंघ नेताहरूले क्याम्पस गेटमै अनसन शुरू गरेका छन् ।

नेपाल विद्यार्थी संघ इन्जिन्यरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस (डब्लुआरसी) पोखराको मूल गेटमै नेविसंघ नेता कृषजंग कार्की र राजिप अधिकारीले सोमबार बेलुकीबाट अनशन सुरु गरेका छन्।

नेपाल विद्यार्थी संघको तर्फबाट सचिवको उमेदवार रहेका प्रशान्त अधसकारीको नाम निर्वाचन समितिले प्रकाशित नगरेपछि नेविसंघ विरोधमा उत्रिएको हो।

निर्वाचन समितिले षड्यन्त्रपूर्वक सचिवको नाम अन्तिम नामावलीमा प्रकाशन नगरेपछि सो नाम कायम गर्न माग गर्दै नेविसंघका १३ केन्द्रीय सदस्यले सामूहिक विज्ञप्ति जारी गर्दै शुक्रबार क्याम्पसका तालाबन्दी गरेका थिए ।

तर, सोमबार बेलुकीसम्म पनि माग पूरा नगरेको भन्दै क्याम्पसको मूल गेटमै अनसन शुरू गरिएकाो अनसनरत कार्कीले बताए ।
दर्ता गरेको नाम कायम नभएसम्म स्ववियू निर्वाचन हुननसक्ने उनीहरूको अडान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?