 
																			२१ चैत, काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–१ नयाँगाउँमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४९ वर्षीय अकिलबहादुर पाख्रिन छन् । बुधबार राति उनी आफ्नै घरबाट करिब १०० मिटर टाढाको सामुदायिक वनमा लागेको डढेलो हेर्न पुगेका थिए ।
श्रीमती बीपीमाया र दाजु नाता पर्ने रत्नकुमार पाख्रिनसँगै डढेलोको असर हेर्न गएका बेला भिरबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । राति ११ बजेतिर उनी ठूलो भिरमा खसेका थिए । चिप्लिएर
राति खोजतलास गर्दा फेला नपरेपछि आज बिहीबार बिहान उनको शव फेला परेको हो । भिरमा भोर्लाको लहरामा शव अड्किएको अवस्थामा फेला परेका थियो ।
यता डढेलोल समेत भेट्दा उनको शरीर जलेको समेत पाइएको प्रहरीको भनाइ छ । उनको शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको छ ।
 
                









 
             
                             
                        
                     
                             
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4