+
+

प्रचण्ड र वैद्य किन गएनन् एमाले महाधिवशेनमा ?

अनलाइनखबर अनलाइनखबर
२०७१ असार १९ गते १९:४५

१९ असार, काठमाडौं । नेकपा एमालेको नवौं महाधिवशेनको उदघाटन कार्यक्रममा निम्त्याइएका एमाओवादी अध्यक्ष प्रचण्ड र नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य सहभागी भएनन् । सबै दलका शीर्ष नेता उपस्थित भएको कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि सहभागी भएनन् ।

एमालेको महाधिवेशन उदघाटन भइरहँदा एमाओवादी अध्यक्ष प्रचण्ड पेरिसडाँडास्थित पार्टी मुख्यालयमा अखिल नेपाल महिला संघको बैठकमा सहभागी थिए । बुटवलमा आयोजित एमालेको आठौं महाधिवशेनमा सहभागिता जनाएका प्रचण्डले नवौं महाधिवशेनमा भने उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई अतिथिका रुपमा पठाएका छन् ।

नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्य पनि एमालेको निम्तो मान्न महाधिवेशनमा गएनन् । बुद्धनगरमा पार्टीको केन्द्रीय समिति बैठक चलिरहेकाले वैद्य महाधिवशेनमा सहभागी हुन नगएको स्रोतले बतायो । वैद्यको साटो माओवादीका उपाध्यक्ष सीपी गजुरेलले एमाले महाधिवशेनमा शुभकामना दिएका थिए । यसक्रममा गजुरेलले आफूहरुलाई संविधानसभा बाहिर राखेर संविधान नबनाउन एमालेलाई सुझाव दिए । साथै एमालेलाई नयाँ जनवाद र माओविचारधार मान्न गजुरेलले सल्लाह दिए ।

राप्रपा नेपालका अध्यक्ष कमल थापा भने गृहजिल्ला मकवानपुर जानु परेकाले महाधिवशेनमा उपस्थित हुन नसकेको महामन्त्री चन्द्रबहादुर गुरुङले बताए । एमाले महाधिवशेनमा नेकपा मालेका महासचिव सीपी मैनाली, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, नेकपा संयुक्तका चन्द्रदेव जोशी, सदभावना पार्टीका राजेन्द्र महतो, राप्रपाका पशुपतिसमशेर जबरा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदारलगायतले शुभकामना व्यक्त गरेका छन् ।

एमाले महाधिवशेनमा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले समेत आतिथ्य ग्रहण गरेका छन् । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापादेखि लिएर पूर्वसभासमख तारानाथ रानाभाट, दमननाथ ढुंगाना र नागरिक अगुवा पदमरत्न तुलाधरले पनि एमालेको निम्तो मानेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?