+
+

प्रेमिकाले धोका दिएपछि पैसा असुल

अनलाइनखबर अनलाइनखबर
२०७१ असार २२ गते १३:३९

२२ असार, खोटाङ । प्रेमिकाले धोका दिएपछि खोटाङका एक युवाले प्रेमिकालाई दिएको रकम फिर्ता लिएका छन् । प्रेमिकाबाट धोका पाएपछि हाल मलेसियामा काम गर्दै आएका नुनथला-८ का सुबोध राईले विभिन्न समयमा प्रेमिकालाई पठाइदिएको रकम फिर्ता लिएका हुन् ।

विसं २०७० असार-३१ गतेका दिन ‘सँगै मर्ने र सँगै बाँच्ने’ कसम खाएर वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया पुगेका राईले प्रेम गरेको अवधिमा प्रेमिकालाई पठाएको ५६ हजार २५० प्रहरीको सहयोगमा फिर्ता लिएका हुन् ।

विभिन्न बहानामा पैसा लिएकी प्रेमिकाले धोका दिएर अर्कैसँग विवाह गरेपछि प्रहरीको सहयोगमा रकम फिर्ता लिइएको राईले बताए । विदेशबाट फर्किएपछि विवाह गर्ने सर्तमा मलेसियाबाट मासिक रुपमा खर्च पठाएको उनले बताए । उनीहरुबीच तीन वर्षअघिदेखि प्रेम सम्बन्ध थियो ।

बिना कारण झुटो आरोप लगाउँदै प्रेमिकाले गएको जेठ तेस्रो साता अर्कै केटासँग विवाह गरेकाले प्रेमीले रकम असुल गराइदिन भन्दै प्रहरीसमक्ष इमेलमार्फत उजुरी दिएको प्रहरीले जनाएको छ । राईले विभिन्न समयमा प्रेमिकालाई पैसा पठाउनका लागि आइएमई गरेको १४ वटा बीलसहित प्रहरीसमक्ष रकम फिर्ताका लागि उजुरी दिएका थिए ।

प्रहरीमा उजुरी दिएर फोनबाट बारम्बार ताकेता गरेपछि पूर्वप्रेमिकाले राईका साथी राजन भट्टराईमार्फत रकम फिर्ता दिएकी हुन् । प्रेमिकाले विवाह गर्नुअघि फेसबुक र फोनबाट अपशब्द बोल्ने र सम्झाउँदा उल्टै तर्किएको व्यवहार देखाएको राईको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?