+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

अमेरिकाजस्तो देश खोजेर नेपालमा सम्भव छैन : कांग्रेस

आजबाट सुरु भएको बजेट अधिवेशनमा पार्टीको तर्फबाट समय लिएर बोल्ने क्रममा प्रमुख सचेतक श्याम घिमिरेले पछिल्लो २० वर्षमा आँखाले देखिनेगरी धेरै परिवर्तन भएको जिकिर गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १२ गते १३:३५

१२ वैशाख, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले देशमा व्यवस्था मात्रै परिवर्तन नभइ अवस्था पनि परिवर्तन भएको प्रष्टै आँखाले देखिएको दाबी गरेको छ ।

आजबाट सुरु भएको बजेट अधिवेशनमा पार्टीको तर्फबाट समय लिएर बोल्ने क्रममा प्रमुख सचेतक श्याम घिमिरेले पछिल्लो २० वर्षमा आँखाले देखिनेगरी धेरै परिवर्तन भएको जिकिर गरे ।

‘विगतको २० वर्षमा केही पनि भएन, व्यवस्था मात्रै परिवर्तन भयो अवस्था परिवर्तन भएन भन्ने तर्कमा कुनै सत्यता देखिँदैन,’ उनले भने, ‘व्यवस्था सँगसँगै अवस्थामा पनि ठूलो परिवर्तन भएको हामीले महसुस गरेका छौं ।’

संसारको तुलना गर्ने हो भने अमेरिकाजस्तो देश नेपालमा खोजेर सम्भव नहुने तर्क उनले गरे ।

‘तथ्यांकले मात्रै होइन यो हाम्रो आँखाले पनि देख्नेगरी आजभन्दा २० वर्ष अगाडिको समाज र अहिलेको समाजलाई हामीले तुलनात्मक ढंगले हेर्‍यौं भने निश्चय पनि यो हामीले देख्न सक्छौं,’ घिमिरेले भने, ‘संसारको तुलना गर्ने हो भने अमेरिकाजस्तो देश खोजेर आज नेपालमा सम्भव नहोला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?