 
																			१४ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले आज शोक बिदा दिएको छ । पञ्चायतकालका पूर्वउपप्रमुख तीर्थराम डंगोलको निधन भएको शोकमा महानगरपालिकाले शोक बिदा दिएको हो ।
महानगरले सूचना जारी गर्दै अत्यावश्यक सेवाबाहेक महानगर र मातहतका सबै कार्यालयमा शोक बिदा रहेको जनाएको छ ।
नेपाली कांग्रेसका नेता एवं पूर्वस्वास्थ्य राज्यमन्त्री समेत भइसकेका तीर्थरामको शुक्रबार राति ७७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको थियो ।
डंगोलको शनिबार नै नेवारी परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । लामो समयदेखि प्रोष्टेज क्यान्सर र मिर्गाैलाको उपचार गराइरहेका उनी विसं २०६२/६३ को प्रतिगमनविरुद्धको जनआन्दोलनमा काठमाडौंमा नेतृत्व गरेका व्यक्ति हुन् । डंगोल विसं २०५६ र २०६५ मा प्रतिनिधिसभा सदस्य पनि थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4