+
+

एचआइभी सचेतनामा इन्दिराले कम्मर मर्काउने

अनलाइनखबर अनलाइनखबर
२०७१ असार २५ गते १२:०२

IMG_1866

स्टेजमा गलासँगै आफ्नो आकर्षक फिगर नचाउन माहिर मानिएकी गायिका ईन्दिरा जोशीको प्रस्तुती हेर्न अब तपाई तयार रहनुहोला । साउन ३ गते काठमाण्डौको टुडिखेलमा आयोजना हुने एक कार्यक्रममा ईन्दिराले फेरि स्टेज तताउनेछिन् । उनको साथमा १९७४ एडी, गोर्खालीज ब्याण्ड, श्री सैनिक ब्याण्डको प्रस्तुती रहनेछ ।

काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा आयोजकले यस्तो जानकारी दिएको हो । एचआइभी एड्स र ड्रक्सले समाजलाई आक्रान्त पार्दै गएकाले यस बिषयमा सचेतना जगाउन यो सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको हो । ‘मेरो नेपाल फाउण्डेशन’ले कार्यक्रम आयोजना गर्न लागेको हो । दिउँसो १ बजेबाट सुरु हुने कार्यक्रम बेलुकी ८ बजेसम्म चल्नेछ ।

आयोजकले राष्ट्रपति डाक्टर रामवरण यादवलाई प्रमुख अतिथीको रुपमा निम्त्याउने प्रयास भैरहेको जनाएको छ । कार्यक्रममा दर्शकले निःशुल्क प्रवेश पाउनेछन् ।IMG_1857

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?