+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

चिनियाँ विदेशमन्त्री र भारतका सुरक्षा सल्लाहकारबीच टेलिफोन वार्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते ९:४४

२८ वैशाख, काठमाडौं । चीनका विदेशमन्त्री वाङ यी र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभालबीच शनिबार टेलिफोन संवाद भएको छ ।

चिनियाँ विदेश मन्त्रालयले यो टेलिफोन वार्ताबारे एक विज्ञप्ति प्रकाशित गर्दै जानकारी दिएको हो । विज्ञप्तिमा उल्लेख छ, ‘२०२५ मे १० मा चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा केन्द्रीय विदेश मामिला कार्यालयका निर्देशक वाङ यीले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग फोनमार्फत वार्ता गर्नुभयो।’

डोभालले वार्ताका क्रममा पहलगाममा भएको आतंकवादी आक्रमणले भारतीय नागरिकहरूलाई गम्भीर क्षति पुगेको छ, जसका कारण भारत कडा आतङ्कविरोधी कदम चाल्न बाध्य भएको बताएका विज्ञप्तिमा उल्लेख छ ।

युद्ध भारतको रोजाइ नभएको र यो कुनै पनि पक्षको हितमा नभएको पनि उनले बताएको विज्ञप्तिमा जनाइएको छ । ‘भारत र पाकिस्तान युद्धविरामको प्रतिबद्धतामा छन् र क्षेत्रीय शान्ति तथा स्थायित्व छिट्टै पुनःस्थापनाको दिशामा प्रयासरत छन्’, दोभालको भनाई उद्धृत गर्दै चिनियाँ विदेश मन्त्रालयले जनाएकोछ ।

टेलिफोन वार्तामा वाङ यीले पहलगाम आक्रमणको चीनको तर्फबाट निन्दा गरेका छन् । ‘चीन सबै प्रकारका आतङ्कवादको विरोध गर्छ’, अहिलेको विश्व परिस्थिति जटिल भएको उल्लेख गर्दै उनले एशियामा शान्ति कायम राख्नु अत्यन्त आवश्यक भएको जोड दिंदै बताए ।

उनले थपे, ‘भारत र पाकिस्तान यस्ता छिमेकी हुन् जसलाई परिवर्तन गर्न सकिँदैन, र यी दुवै चीनका पनि छिमेकी हुन् । चीन भारतको युद्ध चाहँदैन भन्ने अडानको कदर गर्छ ।’

चीनले भारत र पाकिस्तानले मिलेर वार्ताको माध्यमबाट स्थायी शान्तिको दिशा समात्नु आवश्यक रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनेको छ, ‘किनभने यही दुवै देश र सम्पूर्ण विश्वको हितमा हुन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?