Comments Add Comment

नेदरल्याण्डलाई हराउँदै अर्जेन्टिना फाइनलमा, गोलरक्षक रोमेरो बने नायक

Aurgentina

२६ असार, काठमाडौं । गोलरक्षक रोमेरोले नेदरल्याण्डको दुई पेनाल्टी रोकेपछि अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार विहान भएको दोस्रो सेमिफाइनलमा नेदरल्याण्डलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै अर्जेन्टिनाले जर्मनीसँगको उपाधि भिडन्त पक्का गरेको हो । जर्मनी घरेलु टोली ब्राजिललाई पराजित गर्दै फाइनलमा पुगेको थियो ।

१९७८ र १९८६ मा विश्व च्याम्पियन बनेको अर्जेन्टिना १०९० को फाइनलमा जर्मनीसँग पराजित भएको थियो । त्यसपछि अर्जेन्टिनाको यो सबैभन्दा राम्रो प्रदर्शन हो ।

निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटमा पनि दुबै टोलीबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो, जसमा अजेन्टिनाका गोलरक्षक रोमेरो नायक बने । उनले नेदरल्याण्डका पहिलो पेनाल्टी प्रहार गरेका रन भ्लारको प्रहार रोके । त्यसपछि क्रमशः अर्जेन्टिनाका लिओनल मेस्सी, नेदरल्याण्डका आर्जेन रोबिन र अर्जेन्टिनाका अजिकियो ग्राइले गोल गरे ।

Romero

नेदरल्याण्डका स्नाइडरको प्रहार अर्जन्टिनाको रोमेरोको रोकेपछि अर्जेन्टिनाजिततर्फ उन्मुख भयो । अर्जेन्टिनाका सर्जिओ एग्युरोले गोल गरे भने नेदरल्याण्डका क्युटले पनि गोल गरेपछि निर्णायक पेनाल्टीमा म्याक्सी रोड्रिग्वेज आए । उनले कुनै गल्ती नगरी गोल गरेपछि अर्जेन्टिना ४-२ ले विजयी भयो ।

साओ पाओलोमा भएको खेलको निर्धारित ९० मिनेटमा दुबै टोलीले केही राम्रो मौका पाएपनि गोल गर्न सकेन । ७४ औं मिनेटमा अर्जेन्टिनाका गोन्जालो हिगुइनले चुके ।

अतिरिक्त समयमा पनि अर्जेन्टिनाले केही राम्रो अवसर खेल फालेको थियो । ११५ औं मिनेटमा अर्नेन्टिनाका रोड्रिगो प्लासिओ वान भर्सेज वानमा चुके । म्याक्सी रोड्रिग्वेजको पासमा उनले गरेको हेड नेदरल्याण्डका गोलरक्षकले रोके ।

Argentina-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment