+
+
Shares

अमेरिकी डलरको भाउ बढ्यो, अरु विदेशी मुद्राको अवस्था कस्तो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २ गते ६:३४

२ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको  विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ बढेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३७ रुपैयाँ १९ पैसा कायम भएको छ । विहीबार एक अमेरिकी डलरको खरिददर १३६ रूपैयाँ १४ पैसा र बिक्रीदर १३६ रूपैयाँ ७४ पैसा थियो ।

यस्तै, आज युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५८ पैसा निर्धारण भएको छ ।

युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८२ रुपैयाँ २६ पैसा तथा स्वीस र्फ्याङ्क एकको खरिददर १६२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६४ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९० पैसा तथा क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ०९ पैसा निर्धारण भएको छ ।

यस्तै सिङ्गापुर डलर एकको खरिददर १०५ रुपैयाँ १८ पैसा  र बिक्रीदर १०५ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, केन्द्रीय बैंकले जापानी येन १० को खरिददर नौ रुपैयाँ ३६ पैसा र बिक्रीदर नौ रुपैयाँ ४० पैसा तथा चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा तोकेको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५८ पैसा तथा कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा तोकेको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १० पैसा र बिक्रीदर चार रुपैयाँ १२ पैसा तथा युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३५ पैसा निर्धारण भएको छ ।

यसैगरी मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०३ पैसा निर्धारण भएको छ ।

साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ७७ पैसा र बिक्रीदर नौ रुपैयाँ ८१ पैसा तथा

स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ०३ पैसा र बिक्रीदर १४ रुपैयाँ ०९ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ५० पैसा र बिक्रीदर २० रुपैयाँ ५९ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७ रुपैयाँ ५७ पैसा निर्धारण गरेको छ ।

कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ २७ पैसा र बिक्रीदर ४४६ रुपैयाँ २२ पैसा तथा बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ ।

ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ८० पैसा र बिक्रीदर ३५६ रुपैयाँ ३६ पैसा रहेको छ ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने खुलाबजारका आधारमा फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?