
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री केपी शर्मा ओली र सभापति शेरबहादुर देउवाबीच ११ जेठ काठमाडौंमा भेटवार्ता भएको हो।
- भेटवार्तामा पछिल्लो राजनीतिक परिस्थिति, रमेश लेखकमाथि उठेका प्रश्न र आगामी कार्यक्रमहरूबारे छलफल भएको स्रोतले जनाएको छ।
- स्रोतले बताएअनुसार, उनीहरूले गणतन्त्र दिवसको प्रदर्शन, आगामी बजेट लगायतका विषयमा पनि छलफल गरेका थिए।
११ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
सिंहदबारमा सत्तारुढ दलका शीर्ष नेताहरूको छलफल लगत्तै बालुवाटारमा ओली–देउवाबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा पछिल्लो समसामयिक राजनीति लगायतबारे छलफल भएको स्रोतले जनाएको छ । गृहमन्त्री समेत रहेका कांग्रेस सांसद रमेश लेखकमाथि उठेको प्रश्नबारे पनि उनीहरूबीच छलफल भएको स्रोतको भनाइ छ ।
त्यस्तै, राजावादीहरूले गणतन्त्र दिवसको दिन पारेर गर्न लागेको प्रदर्शन, आगामी बजेट लगायतका विषयमा उनीहरूबीच छलफल भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4