Comments Add Comment

मुलुकमा स्थिरता कायम गर्न समयमै संविधान : मन्त्री सिंह

२९ असार, तनहुँ । उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले मुलुकलाई राजनीतिक अस्थिरताबाट जोगाउन तोकिएकै समयमा संविधान जारी गर्नु पर्ने बताएका छन् ।prakashman-

तनहुँको डुम्रेमा आइतवार विहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले माघ ८ मा संविधान जारी गर्न नसकिए मुलुकमा गम्भीर संकटमा फस्ने वताए । सिंहले भने,’लामो अस्थिरतापछि मुलुकले राजनीतिक निकास पाएको छ । निर्वाचित सरकार पाएको. छ । सबै दल मिलेर संविधान जारी गर्नुपर्छ । नत्र मुलुक ठूलो संकटमा फस्नेछ ।’

उनले सवै दललाई मिलाएर संविधान निर्माणका लागि अघि वढ्न आफ्नो दल र सरकार लागि परेको भन्दै संविधान निर्माणमा केन्द्रीत हुन सवैलाई आग्रह गरे । मन्त्री सिंहले स्थानीय निकायको निर्वाचन गराउन सरकार गम्भीर रहेको बताए ।

सिंहले बजेट किसान र गरिव जनतालाई लक्षित गरी आउने वताए । उनले भने,’बजेटमा गरिव किसानसँगै युवा स्वरोजगार र आयआर्जनका कार्यक्रमलाई केन्द्रमा राखेर आउँछ । यसले गरिवीका रेखामूनि रहेका जनताको जीवनस्तरलाई माथि उठाउन सहयोग गर्छ ।’ उनले सरकार विषम परिस्थितिमा बनेकाले जनताका न्यूनतम आशा र आकांक्षालाई बजेटले सम्बोधन गर्ने स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment