 
																			News Summary
Generated by OK AI. Editorially reviewed.- रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तर्गत आइतबार जाउलाखेलमा भोटो जात्रा मनाइयो।
- राष्ट्रपति रामचन्द्र पौडेल र अन्य उच्च अधिकारीहरूले भोटो अवलोकन गरे।
- भोटो जात्रा लिच्छवी कालदेखि मनाइन्छ भन्ने विश्वास छ र सर्वसाधारणको भीड थियो।
१८ जेठ, काठमाडौं। वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तर्गत आइतबार ललितपुरको जाउलाखेलमा भोटो जात्रा मनाइएको छ ।
मच्छिन्द्रनाथको रथ जाउलाखेल पुर्याइएको चौथो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाएर जात्रा मनाइएको हो ।
भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभाध्यक्ष नारायणप्रसाद दाहाल, गृहमन्त्री रमेश लेखक, मन्त्रीहरु, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहितका पदाधिकारीहरु जाउलाखेल पुगेका थिए ।
भोटो जात्रा लिच्छवी कालदेखि मनाउने गरिएको विश्वास छ । कपडाको थैलीमा शिलबन्दी गरेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो । बाक्लो भीडकाबीच गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका थिए ।
हेर्नुहोस् तस्वीरहरू :
 
 
 
  
  
  
  
 
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                %20-%20Copy.jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
     
     
     
     
     
                
प्रतिक्रिया 4