+
+
Shares

सातै प्रदेशमा सभा गर्नेबारे कांग्रेस बैठकमा छलफल

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १९ गते १४:३३
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकाे निवास बुढानीलकण्ठ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले सातै प्रदेशमा सभा गर्ने छलफल गरेको छ, मिति तय गर्न कार्यसम्पादन समिति बैठक बस्नेछ।
  • बैठकमा क्रियाशील सदस्यता नवीकरण र भ्रातृ संस्थाको समयावधि थप्ने निर्णय भएको हो।
  • सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको बैठकले सभा र सदस्यता कार्यको विषयमा छलफल गरेको हो।

१९ जेठ, काठमाडौं । नेपाली कांग्रेसमा सातै प्रदेशमा सभा गर्ने छलफल भएको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताको बैठकमा केन्द्रीय राजधानी सहित सबै प्रदेशमा सभा गर्ने छलफल भएको छ ।

वर्तमान र पूर्व पदाधिकारी सहभागी बैठकमा सभा गर्ने छलफल भएपनि समयको निश्चित भने भई नसकेको सह महामन्त्री जीवन परियारले जानकारी गराए । ‘सामान्य छलफल भएको छ । सातै प्रदेशमा सभा गर्ने कुराहरु भएको छ,’ परियारले अनलाइनखबरसँग भने,‘कार्यसम्पादन समिति बैठक बसेर मिति तय हुन्छ ।’

पदाधिकारी बैठकमा क्रियाशील सदस्यता नवीकरणको कार्य आगामी असार मसान्तसम्म सक्ने विषयमा छलफल भएको थियो । भ्रातृ संस्थाको समयावधि थप्ने निर्णय शीर्ष नेताको बैठकले गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?