+
+

बीमा कम्पनीलाई मर्जरमा प्रोत्साहन

अनलाइनखबर अनलाइनखबर
२०७१ असार ३० गते १३:५५

 ३० असार काठमाडौं । सरकारले बीमा कम्पनीहरुलाई पनि मर्जरमा लाने भएको छ । बैंक तथा वित्तीय संस्थाहरुको संख्या धेरै भएको भन्दै केही वर्षअघि देखि बैंकिङ क्षेत्रको मर्जमा प्रोत्साहनको नीति अबलम्बन गरेको सरकारले यो वर्षदेख बीमा क्षेत्रको मर्जरलाई पनि प्रोत्साहन गरेको हो ।

‘बीमा कम्पनीहरुलाईसमेत मर्जरमा जान प्रोत्साहन गरिनेछ’ अर्थमन्त्री डा. रामशरण महतले आइतबार सार्वजानिक गरेको बजेटमा भनेका छन् । मर्जरमा जाने बीमा कम्पानीलाई बैंकिङ क्षेत्रलाई मर्जरमा जाँदा दिएका छुटंहरु सरकारले उपलब्ध गराउने छ । हाल नेपालमा ८ जीबन र १६ निर्जीबन गरी २४ बीमा कम्पनी सञ्चालनमा रहेका छन् । नियामक निकाय बीमा समितिले विगत ४ वर्षदेखि नयाँ बीमा कम्पनीको इजाजत पनि रोकेको छ ।

त्यसैगरी बैंक तथा वित्तीय संस्थाहरुको मर्जरमा यसअघि उपलब्ध गराउँदै आएको छुट तथा सुविधालाई यो सरकारले निरन्तरता दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?