
News Summary
Generated by OK AI. Editorially reviewed.- यातायात व्यवस्था विभागले २७ देखि २९ जेठसम्म लाइसेन्स छपाइ कार्य बन्द गर्ने जनाएको छ।
- स्मार्ट कार्ड प्रिन्टर मर्मतका कारण तीन दिन लाइसेन्स छपाइ रोकिएको हो।
२१ जेठ, काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ कार्य तीन दिन बन्द हुने भएको छ ।
यातायात व्यवस्था विभागले सोमबार सूचना जारी गर्दै २७ जेठदेखि २९ जेठसम्म लाइसेन्स छपाइ कार्य बन्द हुने जनाएको छ ।
तीन दिन लाइसेन्स छपाइ कार्य बन्द गरेर स्मार्ट कार्ड प्रिन्टर मर्मत गरिने विभागको सूचनामा उल्लेख छ ।
‘…यस विभागको स्मार्ट कार्ड प्रिन्टर मर्मत गर्नुपर्ने भएकाले अत्यावश्यक सवारी चालक अनुमतिपत्र छपाइ कार्य बन्द हुने हुँदा उक्त अवधिमा अत्यावश्यक सवारी चालक अनुमतिपत्र आवश्यक पर्ने सेवाग्राहीले मिति २०८२ । ०२ । २५ गते अगावै निवेदन बुझाइ एप्रुभ भएको समेत यकिन गर्नुहुन सम्बन्धित सबैमा अनुरोध गर्दछौं,’ सूचनामा भनिएको छ ।
हेर्नुहोस् सूचना ;
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4