+
+
Shares

गोताखोर बेपत्ता घटना बुझ्न गृहमन्त्री हल्चोकमा

शोकलाई शक्तिमा बदल्दै सचेत भएर काम गर्न निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २३ गते १२:१९
सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा गृहमन्त्री रमेश लेखक ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री रमेश लेखकले सप्तकोसी नदीमा भएको गोताखोर बेपत्ता घटनाको जानकारी लिए।
  • सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ मा बिहीबार अभ्यासका क्रममा दुई गोताखोर बेपत्ता भएका थिए ।
  • शव भेटिएको र अझै एक जना बेपत्ता रहेको जानकारी दिइएको छ।

२३ जेठ, काठमाडौं । सप्तरीस्थित सप्तकोसीमा दुई गोताखोर बेपत्ता घटना बुझ्न गृहमन्त्री रमेश लेखक सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोक पुगेका छन् ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोसी नदीमा बिहीबार अपराह्न मनसुनजन्य विपद्को पूर्वतयारी अभ्यास गर्ने क्रममा हरदेव राजवंशी र सुरज साउद बेपत्ता भएका थिए ।

राजवंशी श्रीअन्तु गण ईलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा र साउद १३ नम्वर गण पर्सा दरबन्दी भई छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत थिए ।

बेपत्ता गोताखोरबारे बुझ्न लेखक शुक्रबार हल्चोक पुगेका हुन् । हल्चोक पुगेर उनले शोकलाई शक्तिमा बदल्दै थप सचेत भएर काम गर्न निर्देशन दिएका छन् ।

‘अभ्यासका क्रममा ज्यान गुमाएका रास्ट्रसेवकको शोकलाई शक्तिमा बदल्दै आगामी दिनमा थप सचेत र सुरक्षा अपनाउन जरुरी रहेको छ’ उनले भने । खतराजन्य उद्दारमा खटिने जनशक्तिको जीवन बिमा बारे मन्त्रालयले थप कार्य गर्ने पनि उनले बताएका छन् ।

सशस्त्र प्रहरी हेडक्वाटरले घटनाबारे गृहमन्त्री लेखकलाई ब्रिफिङ गरेको छ ।

बेपत्ता मध्ये एक जना गोताखोर राजवंशीको शव तीन किलोमिटर तल भेटिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए । अर्का एक जना भने अहिलेसम्म बेपत्ता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?