+
+
Shares

बागमतीका निलम्बित नगरप्रमुख थापा ५० लाख धरौटीमा रिहा

न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले थुनछेक बहसपछि थापालाई ५० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २ गते १६:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्लाहीको बागमती नगरपालिकाका निलम्बित प्रमुख भरतबहादुर थापा धरौटीमा रिहा भएका छन्।
  • उनमाथि अवैध खनन र वन ऐन उल्लंघनको अभियोगमा मुद्दा दायर भएको छ।
  • न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले ५० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो।

२ असार, काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित प्रमुख भरतबहादुर थापा धरौटीमा रिहा भएका छन् ।

अवैध रूपमा ढुंगा, गिटी र बालुवा उत्खनन गरी वन पैदावारमा क्षति पुर्‍याएको तथा वन ऐनको उल्लंघन गरेको अभियोगमा सर्लाही जिल्ला अदालतमा मुद्दा दायर छ ।

न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले आइतबार भएको थुनछेक बहसपछि थापालाई ५० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो । थापा आइतबार नै अदालतमा हाजिर भएका थिए ।

उनीमाथि ४७ लाख घनमिटरभन्दा बढी वन पैदावारमा क्षति पुर्‍याएको भन्दै एक अर्ब ४७ करोड ३९ लाख ४३ हजार ३३७ रुपैयाँ ४५ पैसाको बिगो दाबी गरिएको छ । थापासँगै बागमती नगरपालिकाकी उपप्रमुख लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल, इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

भरत ताल निर्माणमा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकाले हाल उनी निलम्बित छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?