+
+
Shares

काठमाडौं महानगर क्षेत्रभित्र भदौ मसान्तसम्म सडक र फुटपाथ खन्न रोक

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३ गते ९:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाले असार १ देखि भदौ मसान्तसम्म सडक र फुटपाथ खन्न रोक लगाएको छ।
  • सार्वजनिक निर्माण विभागले स्वीकृति र सहमति दिने कार्य रोकिएको जानकारी दिएको छ।
  • वर्षायाममा सडक र फुटपाथ खन्न रोक लगाउने परम्परा अनुसार यस्तो निर्णय गरिएको हो।

३ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले तीन महिनाका लागि सडक र फुटपाथ खन्न रोक लगाएको छ । महानगरपालिकाले असार १ गतेदेखि भदौ मसान्तसम्म सडक र फुटपाथ खन्न रोक लगाएको हो ।

महानगरपालिकाको सार्वजनिक निर्माण विभागले जारी गरेको सूचना अनुसार असार १ गतेदेखि भदौ मसान्तसम्म सार्वजनिक सडक, फुटपाथ खन्न स्वीकृति र सहमति दिने कार्य रोकिएको छ ।

वर्षायाममा सडक र फुटपाथ खन्दा सवारी र पैदलयात्रीलाई आउ–जाउ गर्न गाह्रो हुने भएकाले हरेक वर्ष त्यस्ता काम गर्न रोक लगाउने गरिन्छ ।

जारी रहेका काम भने नरोकिने महानगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?