+
+
Shares

कैलाली कारागारमा बेहोस भेटिएका युवकको उपचारको क्रममा मृत्यु, दुई दिनदेखि उठेन शव

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ४ गते ६:४९

४ असार, धनगढी । कैलाली कारागारमा बेहोस अवस्थामा भेटिएका युवकको मृत्यु भएको छ तर उनको शव दुई दिनदेखि उठेको छैन ।

सोमबार राति साढे १० बजे कारागारमा अचेत अवस्थामा भेटिएका डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरीश पालीको मृत्यु भएको कैलाली कारागारका जेलर पदम तिमिल्सिनाले जानकारी दिए ।

उनी बैंकिङ कसुरका आरोपी हुन् । अचेत अवस्थामा भेटिएका पालीलाई राति सेती प्रादेशिक अस्पताल लगिएकोमा उपचारका क्रममा राति नै मृत्यु भएको जेलर तिमिल्सिनाले बताए ।

मृत्युको कारण स्पष्ट नभए पनि अस्पताल पुर्‍याउने बेला उनलाई उच्च ज्वरो आएको थियो भने रक्तचाप निकै कम रहेको तिमिल्सिना बताउँछन् ।

उनको मुख, खुट्टा र शरीरका अन्य भागमा समेत चोटपटक समेत देखिएको छ । सोही कारण पालीका आफन्तले कारागारभित्र कुटपिट गरेर हत्या गरेको आरोप लगाउँदै शव बुझ्न मानेका छैनन् । उनको शव प्रादेशिक अस्पतालमै छ ।

पालीलाई बैंकिङ कसुर मुद्दामा जिल्ला अदालतले २०८० सालमा १० दिन कैद र दुई लाख रूपैयाँ जरिवाना गरेको थियो ।

त्यही बेलादेखि फरार रहेका उनलाई कैलाली प्रहरीले असार १ गते मात्र पक्राउ गरेर कारागार चलान गरेको थियो ।

उनको मृत्युबारे थप अनुसन्धान भइरहेको कारागार प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?