
News Summary
Generated by OK AI. Editorially reviewed.- सुदूरपश्चिम प्रदेशका मन्त्री रामेश्वर चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई कुनै गल्ती नभएको भन्दै पदबाट राजीनामा नदिने अडान लिएका छन्।
- मन्त्री चौधरीले आफूले कुनै गल्ती नगरेको र बर्खास्त गर्न मुख्यमन्त्रीलाई अधिकार नभएको बताए, र खप्तड क्षेत्र विकास समितिको विषयलाई लिएर विवाद भएको हो।
- नागरिक उन्मुक्ति पार्टीका नेता घनश्याम चौधरीले पनि मुख्यमन्त्रीलाई बर्खास्त गर्ने अधिकार रहेको र कारण नबुझिएसम्म राजीनामा नदिन सुझाव दिए।
५ असार, धनगढी । सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीले मुख्यमन्त्री कमलबहादुर शाहलाई कुनै गल्ती नगरेकोले पदबाट राजीनामा नदिने जवाफ फर्काएका छन् ।
चौधरीलाई मुख्यमन्त्री शाहले तत्कालीन कृषिमन्त्री हुुँदाका बेला अनुदानमा पावर टिलर वितरण गर्ने विषयमा विवादमा जोडिएको भन्दै राजीनामा दिन निर्देशन दिएको कुरा सार्वजनिक भएको थियो । तर, मन्त्री चौधरीले भने आफूले पदीय मर्यादाविपरीत कुनै काम नगरेको भन्दै पदबाट राजीनामा नदिने अडान लिएका छन् ।
चौधरीले मुख्यमन्त्री शाहलाई अधिकार प्रयोग गरेर आफूलाई बर्खात गर्न चुनौती दिएका छन् । ‘उहाँले मलाई दुईपटक फोन गरेर तपाईंले राजीनामा गरेर सहयोग गरिदिनुपर्यो भन्नुभएको थियो’, मन्त्री चौधरीले भने, ‘मैले कुनै गल्ती गरेको छैन । किन राजीनामा गर्ने ? यदी कुनै गल्ती गरेको छु भने आफ्नो अधिकार प्रयोग गरेर बर्खास्त गर्नुहोस् भनेको छु ।’
मन्त्री चौधरीले बाहिर सार्वजनिक भए जस्तो आफूले कृषिमन्त्री हुँदा कुनै बदमासी नगरेको दाबी गरेका छन् । खप्तड क्षेत्र विकास समितिको कार्यकारी निर्देशकको विषयलाई लिएर मुख्यमन्त्री शाहले आफूलाई पदबाट हटाउन खोजेको चौधरीको भनाइ छ ।
‘कुरा बाहिर आएजस्तो होइन । हामीले खप्तड क्षेत्र विकास समितिको कार्यकारी निर्देशक खेम जोशीलाई नियुक्त गरेर पठायौं । त्यसमा उहाँले आफ्नो मान्छे परेन भनेर राजीनामा गर्नुहोस् भन्नुभएको हो’, मन्त्री चौधरीले भने, ‘कृषि मन्त्री हुँदा पावर टिलरको अनुुदान वितरणमा कुनै कमजोरी भएको छैन । त्यो मलाई बदनाम गर्न बनाइएको फण्डा मात्र हो ।’
मन्त्री चौधरीले राजीनामा नदिने अडान लिएपछि मुख्यमन्त्री शाहले उनलाई पदबाट राजीनामा गर्लान् ? यो भने हेर्न बाँकी छ । तर, मुख्यमन्त्रीले बर्खास्त गर्नुभन्दा चौधरी स्वयं मार्ग प्रशस्त गरेमा राम्रो सन्देश जाने कुरा मन्त्री चौधरीलाई सुुझाएको स्रोत बताउँछ ।
नागरिक उन्मुक्ति पार्टी(नाउपा) का प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले पनि मन्त्रीबाट कुनै कमजोरी भए बर्खास्त गर्नसक्ने अधिकार स्वयं मुख्यमन्त्रीलाई भएको बताए । उनले कुनै कारणविना राजीनामा दिने कुरा नहुने बताउँदै चित्त नबुझेको भए मुख्यमन्त्रीलाई अधिकार प्रयोग गर्न भनेका छन् ।
‘मन्त्रीको राजीनामा किन माग्नुपर्यो । उहाँ(मुख्यमन्त्री) सँग कुनै कमजोरी भए मन्त्रीलाई बर्खास्त गर्न सक्ने अधिकार छदैछ नी । चित्त नबुुझेमा अधिकार प्रयोग गरे भइहाल्यो,’ चौधरीले भने, ‘बिना कारण मन्त्रीले राजीनामा गर्ने कुरा हुुँदैन नी ।’
नाउपाका रामेश्वर चौधरीलाई मुख्यमन्त्री शाहले ४ जेठमा मन्त्रीमा नियुक्त गरेका थिए ।
नाउपाका तत्कालीन उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरीले दीगो वन व्यवस्थापन कार्यविधिमा बनाउन आर्थिक लेनदेन गर्न योजना बनाएको प्रकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका थिए । त्यसपछि नाउपाले रामेश्वरलाई मन्त्रीमा पठाएको थियो ।
प्रतिक्रिया 4